Home » » भारतमा जलाइयो प्रधानमन्त्री ओलीको पुत्ला

भारतमा जलाइयो प्रधानमन्त्री ओलीको पुत्ला

मंसिर १७, २०७२- बाँकेको
सीमासँग जोडिएको
भारतीय बजार रुपैडिहामा भारतीय
नगारिकले प्रधानमन्त्री केपी शर्मा
ओलीको पुत्ला जलाएका छन् । बुधबार
नेपाल प्रहरीले नेपालमा रहेका
भारतीयमाथि कुटपिट र दुर्व्यवहार
गरेको भन्दै उनीहरुले ओली सहित बाँकेका
सुरक्षाकर्मीहरुको पुत्ला जलाएका हुन् ।
दशगजासँगै जोडिएको रुपैडिहा
बजारका व्यापारी तथा नेपालमा
आन्दोलन गररिरहेका मधेसी मोर्चाका
कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला
जलाएका हुन् । उनीहले बुधबार
आन्दोलनकारी र प्रहरीबीच झडप
भएपछि नेपाल प्रहरीले भारतीय
नागरिकलाई दुर्व्यवहार गरेको आरोप
लगाएका छन् ।
पुत्ला दहनसँगै उनीहरुले शुक्रबार र
शनिबार रुपैडिहा बजार बन्द गर्ने
घोषणा गरेका छन् । भारतीयहरुले
रुपैडिहा नाकाबाट हुने आयत र निर्यात
समेत ठप्प पार्ने चेतावनी दिएको छ ।
करिव ३ सयको हाराहारीमा भेला
भएका भारतीयहरुले ओली विरुद्ध
नारावाजी समेत गरेका छन् । उनीहरुले
भारतीय प्रहरी र सीमा सुरक्षा बल
(एसएसबी) कै अगाडि पुत्ला जलाउनुका
साथै नारावाजी गरेका थिए ।
अहिले नेपालपट्टी सुरक्षाकर्मीको
बाक्लो उपस्थिति रहेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved