पश्चिम बंगालबाट छुट्टिने दार्जीलिङको माग
२० मंसिर, काठमाडौं । नेपालभित्रको प्रदेश सीमांकन
मुद्दा सुल्झाउन मधेसी नेताहरुलाई निम्तो दिएको
दिल्लीले आफ्नै देशभित्रको पहिचानको मामिला भने
अहिलेसम्म सुल्झाउन सकेको छैन ।
गोर्खाल्याण्डको माग गर्दै विगत लामो समयदेखि
चलिरहेको संघर्ष फेरि चर्काउने तयारी दार्जीलिङका
नेपाली भाषीहरुले गरेका छन् ।
नेपालका मधेसवादी नेताहरु दिल्ली जाँदै गर्दा
शनिबार गोर्खाल्याण्डको माग राख्दै
गोर्खाल्याण्ड पार्वत्य परिषदका विमल गुरुङ केन्द्रीय
गृहमन्त्री राजनाथ सिंहसित कडिकडाउ वार्ता
गरिरहेका थिए । वार्तामा आफूले दिल्लीमा आएर
गोर्खालीहरुले सामुहिक आत्मदाह गर्ने चेतावनी
दिएको गुरुङले भारतीय सञ्चारमाध्यमलाई बताएका
छन् ।
‘मैले गृहमन्त्रीलाई भनेँ कि अब पनि तर्पांहरुले
गोर्खालाई न्याय दिनुहुन्न भने दिल्लीमा हजारौं
गोर्खाले आत्मदाह गर्नेछन् । मैले त्यसो भन्दा गृहमन्त्री
घोरिए,’ गुङको भनाइ उद्वृत गर्दै भारतीय पत्रिका
हिमालय दर्पणले लेखेको छ ।
गुरुङले गोर्खाल्याण्डको आन्दोलनलाई फेरि
जिरोबाट सुरु गरेको उल्लेख गर्दै अब गोर्खाल्याण्डमा
हस्ताक्षर गरेर मात्रै यसलाई बिसाउने प्रतिवद्धता
जनाएका छन् ।
बंगालीले आफूहरुलाई कहिल्यै राम्रो नजरले नहेर्ने र
गोर्खाले राम्रो गरेको देखिनसहने भएकाले आफूहरु
पश्चिम बंगालअन्तरगत रहेर बस्न नसक्ने गुरुङले गृहमन्त्री
राजनाथलाई बताएका छन् । आफ्नो मागप्रति
गृहमन्त्री गम्भीर रहेको गुरुङको भनाइ छ ।
गोर्खाल्याण्ड नदिए दिल्लीमा आत्मदाह गर्ने विमल गुरुङको चेतावनी
Posted by Unknown
Posted on 4:41 AM
with No comments
Labels:
World

0 comments:
Post a Comment