Home » » थारुहरुले बनाए युवादस्ता, अमेरिकाबाट आएका महाविर बने संयोजक

थारुहरुले बनाए युवादस्ता, अमेरिकाबाट आएका महाविर बने संयोजक


पहिचान विरोधीलाई बहिस्कार,
कालोबजारीलाई कारवाही
२० मंसिर, काठमाडौं । थरुहट प्रदेश प्राप्तिको
आन्दोलनलाई निर्णायक बनाउन भन्दै थारु युवाहरुको
स्वयमसेवक दस्ता गठन गरिएको छ । कांग्रेसको तरुण दल,
एमालेको युवा संघ र एमाओवादीको वाईसीएल जस्तै
थारुहरुले पनि ‘थारु युवा संवयसेवक’ गठन गरेका हुन् ।
दाङको पश्चिम चखौरामा तीन दिनसम्म चलेको थारु
युवाहरुको भेलाले महाविर चौधरीको संयोजकत्वमा
११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । पुस
महिनाभित्र पथलैयामा भेला आयोजना गरी
स्वयमसेवक दस्ताको नयाँ नेतृत्व चयन गरिने छ ।
तदर्थ समितिका संयोजक बनेका महाबीर चौधरी
‘थारु अराउण्ड द वर्ल्ड’ नामक संस्थाका अध्यक्ष हुन् ।
अमेरिकामा बस्दै आएका उनी थारु आन्दोलनलाई
सघाउन भन्दै नेपाल आएका छन् ।
‘थारु अराउण्ड द वर्ल्ड’लाई विश्वभरका थारुहरुको
छाता संस्थाको रुपमा चिनिन्छ । दाङमा आयोजित
भेला पनि सोही संस्थाको ब्यानरमा गरिएको
थियो ।
कार्यक्रममा एमाओवादीका सांसद सन्तकुमार थारु,
फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरी,
थरुहट तराई पार्टी नेपालका गोपाल दहित, थरुहट नेतृ
गंगा चौधरी, आदिवासी जनजाति महासंघका नेता
पासाङ शेर्पालगायत सहभागी थिए । भेलामा थारु
बहुल क्षेत्रका १ सय बढी युवाहरु सहभागी थिए ।
८ बुँदे घोषणा पत्र जारी गर्दै आइतबार सम्पन्न भेलाले
‘एक गाउँ, एक सय थारु युवा जाउँ’ नाराका साथ
जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ ।
भेलामा सहभागी फोरम लोकतान्त्रिकका नेता
योगेन्द्र चौधरीले आन्दोलनमा युवाहरुको भूमिका
निर्णायक हुने भएकाले संगठित गरिएको बताए । यहि
महिनाभित्र सबै जिल्लामा थारु स्वयमसेवक दस्ता
गठन गर्ने र पुस महिनाभित्र पथलैयामा युवा भेला गरी
नेतृत्व टुंगो लगाउने उनले बताए ।
पहिचान विरोधीलाई कारवाही
‘थरुहट प्रदेश प्राप्तिको आन्दोलनलाई उत्कर्षमा
पुर्याउँछौं । त्यसको नेतृत्व युवाहरुले गर्नेछन्,’ चौधरीले
भने, ‘युवाहरुलाई गाउँ-गाउँमा हुने विकास
निर्माणको काममा पनि परिचालन गरिनेछ ।’
आन्दोलनको क्रममा भइरहेको कालोबजारी गर्नेहरुलाई
कारवाही गर्ने तथा थरुहट प्रदेश र पहिचान
विरोधीहरुलाई गाउँमा बहिस्कारको थालनी पनि
गरिसकेको उनले जानकारी दिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved