Home » » अघोषित नाकाबन्दी विरुद्ध दिल्लीमा विरोध प्रदर्शन

अघोषित नाकाबन्दी विरुद्ध दिल्लीमा विरोध प्रदर्शन

मंसिर २०, २०७२- भारतले
नेपालमाथि लगाएको
अघोषित नाकाबन्दीको विरोधमा
भारतकै राजधानी नयाँ दिल्लीमा
विरोध सभा प्रदर्शन गरिएको छ ।
भारतस्थित नेपालीहरुको संगठन मूल
प्रवाह अखिल भारत नेपाली एकता
समाज, प्रवासी नेपाली संघ तथा भारत
नेपाली एकता मञ्चको आयोजनामा
दिल्लीको जन्तरमन्तरमा विरोध सभा
भएको हो । सभामा केही भारतीय
कम्युनिष्ट नेता पनि सहभागी छन् ।
दिल्ली प्रशासनले सभा गर्ने अनुमति
नदिएको भए पनि ठूलो सहभागीतामा
सभा भइरहेको छ । ‘भारतीय हस्तक्षेप
तथा अघोषित नाकाबन्दीका विरोध
करें, राष्ट्रियताका रक्षा करें’ भन्ने
नारा लेखिएको ब्यानर टाँगेर सभा
गरिएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved