Home » » प्रतिपक्षी नेपाली कांग्रेस गुप्तबास बसे देशको मुहार फेरिन्छः प्रधानमन्त्री ओली, आगामी तिहारबाट लोडसेडिङ अन्य हुने भनाई...

प्रतिपक्षी नेपाली कांग्रेस गुप्तबास बसे देशको मुहार फेरिन्छः प्रधानमन्त्री ओली, आगामी तिहारबाट लोडसेडिङ अन्य हुने भनाई...

काभ्रे, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले
कांग्रेस महाअधिवेशनका लागि गुप्तबास बस्दै गर्दा
यो सरकारले देशको मुहार फेर्ने बताउनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री
ओलीले एमाले काभ्रेको नवौँ जिल्ला अधिवेशन
उद्घाटन गनुहुँदै कांग्रेस महाअधिवेशनमा हराउँदै गर्दा
एमाले देशको समृद्धि र भूकम्पबाट थलिएकाहरुका
लागि काम गरेर देखाउने बताउनुभयो । ‘जब देशले
विकासको काँचुली फेर्ने छ, तब कांग्रेस छक्क पर्नेछ,’
उहाँले भन्नुभयो । कांग्रेसको स्वार्थका कारण
पुनर्निर्माण प्राधिकरण ओझेलमा परेको आरोप उहाँले
लगाउनुभयो । ‘काग्रेसको सत्ता मोह र व्यक्ति
मोहका कारण पुनर्निर्माण प्राधिकरण ओझेलमा
परेको छ ।’
प्रधानमन्त्री ओलीले संविधान समय अनुसार
आवश्यकता अनुसार र माग अनुसार परिमार्जन गर्न
सकिने स्पष्ट पार्नुभयो । उहाँले संविधानले कसैलाई धेरै
अधिकार र कसैलाइ थोरै अधिकार नदिएको
बताउनुभयो । उहाँले कांग्रेसका कारण विकास
निर्माण र तराईका समस्या हल गर्न असहज भएको
जिकिर गर्नुभयो ।
विकास निर्माण र लोडसेडिङ आगामी तिहारबाट
अन्य हुने प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । उहाँले
सौर्य उर्जा, वायु उर्जाको विकासमा यही
सरकारले काम गर्ने स्पष्ट पार्नुभयो । पूर्वपश्चिम
राजमार्ग, छिमेकी देश चिनसंग जोडिएको अरनीको
राजमार्ग र फस्ट ट्रयाक निर्माण एवं ट्रली बस
सञ्चालनलाई यही सरकारले स्तरउन्नती गर्नेमा
प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सरकार बाहिर रहेका दलहरुलाइ सरकारलाई
सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved