Home » » यी हुन् नेपाली खेलाडीले ‘फिक्सिङ गरेका’ अन्तर्राष्ट्रिय खेल, एएफसीले निकाल्यो सूची

यी हुन् नेपाली खेलाडीले ‘फिक्सिङ गरेका’ अन्तर्राष्ट्रिय खेल, एएफसीले निकाल्यो सूची

काठमाडौं, मंसिर २६ । एसियन फुटबल महासंघ (एएफसी)ले निलम्बित
नेपाली फुटबल खेलाडीले मिलेमतो (फिक्सिङ) गरेका
अन्तर्राष्ट्रिय खेलको सूची सार्वजनिक गरेको छ ।
एएफसीको अनुशासन कमिटीले शनिबार म्याच फिक्सिङ प्रकरणमा
आजीवन प्रतिबन्धमा परेका राष्ट्रिय टोलीका पाँच खेलाडीले
मिलेमतो गरेको खेलको सूची सार्वजनिक गरेको हो ।
एएफसीका अनुसार नेपाली
खेलाडीहरुले फिक्सिङ गरेका खेलमा सन् २००८ तथा २००९ मा भएको
अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल, सन् २०११ मा
फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल र सन् २०११ मै मलेसियासँग भएको
२३ वर्षमुनिको मैत्रीपूर्ण खेल छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित
उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, राष्ट्रिय
टोलीका पूर्वखेलाडी विकाससिंह क्षेत्री र अन्जन केसीलाई
म्याच फिक्सिङको आरोपमा प्रहरीले गत असोजमा पक्राउ गरेको
थियो ।
विशेष अदालतमा राज्यविरुद्धको अपराधको अभियोगमा मुद्दा
खेपिरहेका उनीहरु गत कात्तिक २४ गते धरौटीमा रिहा भएका थिए

केही दिनअघि मात्र एएफसीले खेल मिलेमतोमा संलग्न भएको भन्दै
उनीहरुलाई आजीवन फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न
नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved