Home » » मधेस आन्दोलन आन्तरिक मामिला हो, समाधान खोज्न दिल्ली जानु मुर्खताः बाबुराम

मधेस आन्दोलन आन्तरिक मामिला हो, समाधान खोज्न दिल्ली जानु मुर्खताः बाबुराम


मधेसीको ‘कलष्टर’लाई नसमेटेसम्म सीमाकंन
समाधान नहुने

धनगढी, २६ मङ्सिर । पूर्वप्रधानमन्त्री एवम् नयाँ
शक्ति निर्माणको नेतृत्व गरिरहनुभएका डा
बाबुराम भट्टराईले आदिवासी/जनजाती, थारु/
मधेसी र खसआर्य समुदायको ‘कलष्टर’लाई समेटेर अघि
बढ्न सकेमा सीमाकङ्नको समस्या समाधान हुने
बताउनुभएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले
अहिलेको सीमाङ्कन जग्गाको कित्ताकाट गरेको
र काँक्रा चिरेजस्तो भएको टिप्पणी गर्दै ती
समुदायलाई नसमेटिएसम्म विवाद साम्य हुन नसक्ने
धारणा राख्नु भयो । नेता भट्टराईले तराई-मधेसको
समस्या समाधान गर्न सरकार र आन्दोलनरत
पक्षबीच सार्थक वार्ता हुनुपर्नेमा जोड दिनुभयो ।
तराई-मधेसको आन्दोलन आन्तरिक मामिला
भएकाले त्यसको समाधान नेपालीले नै खोज्नुपर्ने
उहाँको भनाइ थियो । उहाँले मधेसी नेता
समाधान खोज्न दिल्ली जानु मुर्खता भएको
बताउनुभयो । दिल्ली र काठमाडौँ सत्ताले हरेक
बेला आ-आफ्नो स्वार्थ अनुकूल गतिविधि गर्ने
गरेकाले पछिल्लो समस्या लम्बिएको उल्लेख गर्नु
भयो ।
भट्टराईले नयाँ शक्ति अभियान कुनै पार्टीको
परिवर्तित रुप नभएको दाबी गर्नुभयो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved