Home » » वैद्य भन्छन्- भारतको नाकाबन्दीविरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्ने बेला आयो

वैद्य भन्छन्- भारतको नाकाबन्दीविरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्ने बेला आयो

बर्दिवास, १७ मङ्सिर । नेकपा (क्रान्तिकारी
माओवादी)का अध्यक्ष मोहन वैद्यले मुलुकको असहज
परिस्थितिको सामना गर्न सम्पूर्ण नेपाली एक
हुनुपर्ने बताउनु भएको छ ।
महोत्तरीको बर्दिवासमा आज सञ्चारकर्मीसँग
कुरा गर्दै अध्यक्ष वैद्यले तराई मधेसका जायज माग
पूरा गर्न र भारतको नाकाबन्दीविरुद्ध सम्पूर्ण
नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो ।
मधेस आन्दोलनको निहुँमा भारतले नेपालको
निर्वाध पारवहन अधिकार कुण्ठित गरेको उहाँको
भनाइ थियो । अध्यक्ष वैद्यले प्रदेश सीमाङ्कन हेरफेर
गर्न र समानुपातिक तथा समावेशी अधिकारको
सुनिश्चतता गर्न सरकार र मुख्य दलहरुको पहलकदमी
आवश्यक रहेको धारणा राख्नु भयो ।
उहाँले अहिले सतहमा देखिएका समस्या वार्ताबाट
समाधान हुन सक्ने भएकाले यसको समाधानका
लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो
। रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved