Home » » बाबुरामको माग- मधेसका समस्या समयमै समाधान गर, नाकाबन्दी खोल

बाबुरामको माग- मधेसका समस्या समयमै समाधान गर, नाकाबन्दी खोल


देउवा र प्रचण्डको भारत भ्रमणको रहस्य सार्वजनिक
गर्न माग

काठमाडौँ, १७ मङ्सिर । नयाँ शक्ति अभियानका
संयोजक डा बाबुराम भट्टराईले अघोषित
नाकाबन्दी तत्काल अन्त्य गर्न भारतसँग र
आन्दोलनरत मधेसवासीलाई औषधि आयात नरोक्न
माग गर्नुभएको छ ।
राष्ट्रिय आन्दोलन संयुक्त आयोजक समितिले आज
यहाँ आयोजना गरेको नागरिक ऐक्यबद्धता
सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले
तराई मधेसका समस्या समयमै समाधान नगरे कल्पना
नगरेको सङ्कटतर्फ मुलुक धकेलिन्छ, यसैले सरकारलाई
छिटो समस्या समाधानका लागि खबरदारी
गरिनुपर्छ भन्नुभयो ।
नेपालका प्रमुख जाति खस आर्य, भोट बर्मेली र
मधेसीलाई एकीकृत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो
। संविधान जारी गर्नुअघि शेरबहादुर देउवा र
पुष्पकमल दाहालले भारत भ्रमण गर्दा भएको
वार्ताको विवरण सार्वजनिक गर्न पनि उहाँले
माग गर्नुभयो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले सबैको सहमतिमा
तराई मधेसका समस्या समाधानका लागि
संविधान पुनःनिर्माण गरिनुपर्ने बताउनुभयो ।
मानवअधिकारवादी पद्मरत्न तुलाधरले तीन
महिनादेखि तराई मधेसको समस्या समाधान गर्न
सरकार असफल भएको आरोप लगाउनुभयोे ।
राजनीतिक विश्लेषक कृष्ण खनालले संवादबाट
सम्झौतामा पुग्ने संस्कृतिको कमी भएकाले समस्या
समाधान हुन नसकेको बताउनुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र
तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष
हृदयेश त्रिपाठीले संविधानमा राजनीतिक
अधिकार नपाए कुनै अधिकार सुरक्षित हुन नसक्ने
भएकाले तराई मधेस आन्दोलित हुनुपरेको बताउनुभयो

कार्यक्रममा व्यवस्थापिका–संसद्, विधायन
समितिका सभापति गङ्गा चौधरी, दलित
अधिकारवादी दानबहादुर विश्वकर्मा,
राजनीतिक विश्लेषक सिके लाल, सङ्घीय
लिम्बूवान पार्टीका उपाध्यक्ष इन्द्र श्रेष्ठ, संयुक्त
मुस्लिम गठबन्धनका समिममियाँ अन्सारी र थरुहट
पार्टीका अध्यक्ष भानुराम थारुलगायतले मधेसी,
जनजाति र दलितका माग सम्बोधन गरिनुपर्नेमा
जोड दिनुभयो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved