Home » » वैद्य भन्छन्- भारतको नाकाबन्दीविरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्ने बेला आयो

वैद्य भन्छन्- भारतको नाकाबन्दीविरुद्ध सम्पूर्ण नेपाली एक हुनुपर्ने बेला आयो

बर्दिवास, १७ मङ्सिर । नेकपा (क्रान्तिकारीमाओवादी)का अध्यक्ष मोहन वैद्यले मुलुकको असहजपरिस्थितिको सामना गर्न सम्पूर्ण नेपाली एकहुनुपर्ने बताउनु भएको छ ।महोत्तरीको बर्दिवासमा आज सञ्चारकर्मीसँगकुरा गर्दै अध्यक्ष वैद्यले तराई मधेसका जायज मागपूरा गर्न र भारतको नाकाबन्दीविरुद्ध सम्पूर्णनेपाली एक हुनुपर्नेमा जोड दिनुभयो ।मधेस आन्दोलनको निहुँमा भारतले नेपालकोनिर्वाध पारवहन अधिकार कुण्ठित गरेको उहाँकोभनाइ थियो । अध्यक्ष वैद्यले प्रदेश सीमाङ्कन हेरफेरगर्न र समानुपातिक तथा समावेशी अधिकारकोसुनिश्चतता गर्न सरकार र मुख्य दलहरुको पहलकदमीआवश्यक रहेको धारणा राख्नु भयो ।उहाँले अहिले सतहमा देखिएका समस्या वार्ताबाटसमाधान हुन सक्ने भएकाले यसको समाधानकालागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved