Home » » नाका र राजमार्गको अवरोध हटने, ७५ जिल्ला खारेजको माग

नाका र राजमार्गको अवरोध हटने, ७५ जिल्ला खारेजको माग

काठमाडौं, पुस ४ । संयुक्त मधेसी मोर्चाले
पाँच चरणका नयाँ आन्दोलनका कार्यक्रमहरु
सार्वजनिक गर्दै सिमा नाका र राजमार्गको
अवरोध हटन सक्ने संकेत गरेको छ । शनिबारको
नयाँ पत्रिका दैनिकले ‘नाका र राजमार्गको
अवरोध हटने’ विषयमा समाचार लेखेको छ ।
नयाँ चरणका कार्यक्रमहरु अनुसार संविधान
संशोधनको प्रस्ताव जलाउने, जिल्ला
सदरमुकाममा विरोधसभा गर्ने, विभिन्न दल
तथा संगठनसँग
कार्यगत एकता गर्ने लगायतका आन्दोलनका
कार्यक्रमहरु छन् । तर, नाकामा धर्ना बस्ने
तथा राजमार्ग बन्द गर्ने कार्यक्रम उल्लेख छैन ।
‘अब नाका सहज हुन्छ, संघीय समाजवादी
फोरमका बरिष्ठ नेता अशोक राईले भने ।
यद्यपी, आन्दोलनका कार्यक्रम मत्थर बनाए
पनि मधेसी मोर्चा सरकारप्रति नरम छैन ।
मधेस आन्दोलनका विपक्षमा हुने गतिविधि र
कार्यक्रमको प्रतिरोध गर्ने मोर्चाका
नेताहरुको चेतावनी छ ।
उनीहरुले स्थानीय विकास मन्त्रालयले
संचालन गरेको संविधानको जानकारी दिन
जारी गरेको कार्यक्रम विथोल्ने घोषणा
गरेका छन् । ‘मन्त्री, सांसद र सरकारी
प्रतिनिधि सहभागी हुने सरकारी कार्यक्रम
विथोलिने छ,’मोर्चाले भनेको छ ।
यता ७५ जिल्लालाई कायम राखेर गरिने
निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था
मान्न नसकिने मार्चाको निष्कर्ष छ ।
सरकारले जनसंख्या र भौगोलिक अनुकुलता र
विशिष्टताका आधारमा निर्बाचन क्षेत्र
निर्धारण गर्ने गरी संविधानमा
संशोधन प्रस्ताव गरेको छ ।
मोर्चाले सरकारसँग बार्ता गर्न नसकिने उल्लेख
गर्दै यदि मधेसका माघ सम्बोधन गर्न सकिने
प्रष्ट धारणा सरकारको आए मधेसमै बार्ता
गर्ने बताएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved