Home » » लोडसेडिङको मौकामा इष्टदेवको मूर्ति चोर...

लोडसेडिङको मौकामा इष्टदेवको मूर्ति चोर...


भक्तपुर, पुस ४ । भक्तपुरको मध्यपुर थिमि अन्तर्गत वडा नं–११ मा अवस्थित
स्थानियबासीको इष्टदेवको मूर्ति चोरी भएको छ । शुक्रबार राति अज्ञात समूहले दिगु
भैरव मन्दिरबाट इष्टदेवको मूर्ति चोरी गरेसँगै स्थानियबासी हैरान बनेका छन् ।
प्रत्येक वर्ष कूलपूजा गर्नुपर्ने नगरको मध्य भागमा अवस्थित सो मन्दिरबाट मूर्ति
चोरिएपछि
स्थानिय सर्वसाधारण हैरान बनेका हुन् ।
चोरी गरिएको भैरवको मूर्तिलाई प्रत्येक वर्षको वैशाख महिनामा स्थानिय श्रेष्ठ थरका
समुदायले आफ्नो कूलपूजा अन्तर्गत देवाली पूजा गर्दै आएका थिए ।
धार्मिक र ऐतिहासिक महत्व बोकेको मन्दिरबाट चोरी भएको मूर्ति १७ औं शताब्दीमा
निर्माण गरिएको बताइएको छ । मूर्ति चोरी भएकै राती नगरका अन्य विभिन्न ठाउँमा
समेत मूर्ति चोरीको प्रयास भएको महानगरिय प्रहरी वृत्तका डीएसपी प्रवीणलाल
श्रेष्ठले जनाएका छन् ।
सोही क्रममा वडा नंं १३ र १४ मा अवस्थित गणेश मन्दिरमा समेत चोरी प्रयास गरेको
स्थानियबासीले जानकारी दिएका छन् । संगठित रुपमा भएको मूर्ति चोरी प्रयास
पश्चात नगरका विभिन्न मन्दिरमा ढोका तथा ताला फोडिएका छन् ।
पछिल्लो समय भक्तपुरमा बढेको लोडसेडिङ तथा सुरक्षा समस्याका कारण प्राचिन
महत्वका बस्तु हराउने क्रम जारी छ । प्रहरीले मध्यपुर थिमिका विभिन्न ठाउँमा भएका
चोरी विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved