Home » » नयाँदिल्लीमा मधेसी मोर्चाका नेताहरूलाई भेट र खानपानको व्यस्था कसले मिलाउँछ ?

नयाँदिल्लीमा मधेसी मोर्चाका नेताहरूलाई भेट र खानपानको व्यस्था कसले मिलाउँछ ?


काठमाडौं, २० मंसिर । भारतीय पक्षको निमन्त्रणामा नयाँदिल्ली
निस्किएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले आफ्नै खर्चमा भ्रमण
गर्न लागेको दाबी गरेका छन् । उनीहरूले भारतीय पक्षसँग रकम नलिएको दाबी
गरेका हुन् ।
नयाँदिल्ली बसाइका क्रममा आवश्यक पर्ने रकम, होटेल र खानपिनको व्यवस्था
आफै गरिएको मधेसी मोर्चाका एक नेताले बताए । ‘हाम्रा नेताहरू आफ्नै खर्चले
नयाँदिल्ली जानुभएको हो’, ती नेताले भने, ‘खर्च भारतले दिएको छैन ।’
नेताहरूलाई भेटघाटको व्यवस्था भने नेपालका लागि भारतीय राजदूत रणजित
रायले मिलाइ दिएका छन् । राय पनि आजै (आइतबार) नयाँदिल्ली प्रस्थान गर्न
लागेका छन् ।
राजदूत रायले नयाँदिल्लीमा हुने भेटघाट र यातायातको व्यवस्था मिलाइ दिने
स्रोतको भनाइ छ ।
नयाँदिल्ली भ्रमणका लागि मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर,
राजेन्द्र महतो र महेन्द्र राय यादव रहनुभएको छ ।
नयाँदिल्ली भ्रमणकै लागि भनेर तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष
हृदयश त्रिपाठी र संघीय समाजवादी फोरम नेपालका सांसद अभिषेक प्रताप
साह पनि जानु भएको छ ।
नयाँदिल्लीमा भारतीय नेताहरूसँग भेट गर्न गणतान्त्रिक फोरमका अध्यक्ष तथा
पूर्वमन्त्री राजकिशोर यादव पनि जानुभएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved