काठमाडौं, २० मंसिर । नेपालको पछिल्लो
राजनीतिक अवस्था र मधेस आन्दोलनका विषयमा
भारतीय पक्षसँग छलफल गर्न संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चाका दुई ठूला नेताहरू आज (आइतबार)
बिहानै नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नयाँदिल्ली प्रस्थान गर्नेमा संघीय समाजवादी
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस
लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर
रहनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै अध्यक्षद्वय
यादव र ठाकुर आज बिहान आठ बजेको उडानबाट
नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।
नयाँदिल्लीबाट मधेसी मोर्चाका नेताहरू
आगामी बुधबार फिर्ता हुने कार्यक्रम रहेको संघीय
समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी
यादवले जानकारी दिनुभयो ।
यसअघि शनिबार बिहारको पटना हुँदै सद्भावना
पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस
सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव
नयाँदिल्ली पुगीसक्नु भएको छ । महतो र राय
शनिबार राति नयाँदिल्ली पुग्नु भएको हो ।
नयाँदिल्ली भ्रमणका क्रममा आजैदेखि मधेसी
मोर्चाका नेताहरूले राजनीतिक भेटघाट गर्ने छन् ।
उनीहरूले मधेस आन्दोलन र नाकाबन्दीका विषयमा
पनि छलफल गर्ने तथा भावी योजना बनाउने
बुझिएको छ ।
चार दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदी, बिदेशमन्त्री सुष्मा स्वराज,
मोदीका सुरक्षा सल्लाहकार अजित डोबललगायत
विभिन्न राजनीतिक दलका नेता र उच्च
कर्मचारीहरूसँग भेटवार्ता गर्ने बुझिएको छ ।
Home »
Nepali News
» बिहानै मधेसी मोर्चाका दुई
शीर्ष नेता यादव र ठाकुर
नयाँदिल्ली प्रस्थान
बिहानै मधेसी मोर्चाका दुई शीर्ष नेता यादव र ठाकुर नयाँदिल्ली प्रस्थान
Posted by Unknown
Posted on 7:55 PM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment