Home » » कांग्रेस र मधेसी मोर्चाको हठले हामीलाई काम गर्न दिएन्:- उपप्रधानमन्त्री रावल

कांग्रेस र मधेसी मोर्चाको हठले हामीलाई काम गर्न दिएन्:- उपप्रधानमन्त्री रावल


नाका खोल्न राजनीतिक र कूटनीतिक पहल
जारी.
चितवन, २८ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षा
मन्त्री भीम रावलले देशले अहिले भोगिरहेको
समस्या समाधान गर्न सरकारले राजनीतिक र
कूटनीतिक प्रयास जारी राखेको बताउनुभएको छ

व्यक्तिगत कामका सिलसिलामा चितवन
आउनुभएका मन्त्री रावलले आज भरतपुर
विमानस्थलमा प्रेस चौतारी चितवनले आयोजना
गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिपक्ष दलले
प्राधिकरण विधेयक ल्याउन नदिने र मोर्चाले
संविधान संशोधनको विधेयक ल्याउन नदिने कामले
देशमा जटिलता थपिएको बताउनुभयो ।
मधेसी मोर्चासँग नाकामा उत्पन्न समस्या
समाधानका लागि पहल भइरहेको र भारतसँग पनि
वार्ता चलिरहेको उहॉले जानकारी दिनुभयो ।
मोर्चाले आफ्ना मागहरु सम्बोधनका लागि
प्याकेजमा सहमति खोजिरहेको उहॉको भनाइ
थियो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved