Home » » ओली र प्रचण्डको सरकारलाई बाबुरामको चेतावनी

ओली र प्रचण्डको सरकारलाई बाबुरामको चेतावनी


नयाँ शक्तिमा ६० प्रतिशत नयाँ अनुहार हुने दाबी

बुटवल, २८ मङ्सिर । नयाँ शक्ति निर्माणका
संयोजक डा बाबुराम भट्टराईले मधेसी मोर्चासँग
सरकारले गर्ने वार्ता सार्थक बनाउन आफूले
सहयोगी भूमिका खेल्ने बताउनुभएको छ ।
उहाँले सरकारले तराई-मधेस आन्दोलनलाई सार्थक
वार्ताबाट समाधान गर्न आफूले सहयोगीमा रुपमा
काम गर्न तत्पर गरेको बताउनुभयो ।
नयाँ शक्ति निर्माण अभियान रुपन्देही जिल्ला
भेला आयोजक समितिले आज बुटवलमा आयोजना
गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले मुलुकको
असहज परिस्थितिलाई समाधान गर्न आफू
संवेदनशील रहेको बताउनुभयो ।
सरकार मधेसी मोर्चाका जायज मागलाई सम्बोधन
गरी छिटो निकास दिन गम्भीर नभएको आरोप
लगाउँदै उहाँले यही अवस्था लम्बिदै गए स्थिति
नियन्त्रण बाहिर जानसक्ने चेतावनीसमेत दिनुभयो

आफूले नेतृत्व गरेको नयाँ शक्तिमा ६० प्रतिशत नयाँ
अनुहार हुने उहाँको दाबी थियो । उहाँले भन्नुभयो,
“नयाँ शक्तिलाई सोच, विचार, कार्यशैली सबै
हिसाबले जगैदेखि नयाँ बनाउने प्रयत्न हुनेछ ।” रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved