Home » » ओलीको उपप्रधानमन्त्रीमा उपेन्द्र, यसै कारण अड्कीयो आन्दोलन

ओलीको उपप्रधानमन्त्रीमा उपेन्द्र, यसै कारण अड्कीयो आन्दोलन

नेपाली कांग्रेसले विना लगन बाजा बजाउँदै संसद बैठक अबरोध गर्नुको पछाडि अर्को खास कारण रहेको पत्ता लागेको छ । नेपाली कांग्रेस
खासगरि संस्थापन समुह वर्तमान सरकार जसरी पनि गिराउने प्रयत्नमा रहनुको कारण पनि यही यो ।
सायद यही भएर होला, जनताकालागि राजनीति गर्ने भन्दै सत्तामा पटक पटक पुगेको कांग्रेस भूकम्पबाट पीडित भएका जनता खुलला आकास
मुनी जाडोमा कठ्यांग्रीदै बस्दा पनि संसद अबरोध गरेर पुननिर्माण प्राधिकरण रोक्दै छ ।
कांग्रेसलाई सबैभन्दा ठुलो डर भनेकै ओली नेतृत्वको सरकार अब लामो समय टिक्ने भयो । जसको प्रमाण स्वरुप आन्दोलनरत मधेसी मोर्चा
सकारात्मक बन्नु ।
पुननिर्माण प्राधिकरण गठन विधेयक अघि बढ्न दिने मोर्चाको निर्णय कांग्रेसलाई मन नपर्नुको कारण दुइवटा रहेका छन् । पहिलो कारण भनेको
मोर्चा र वर्तमान सत्ता गठबन्धनका बीचमा वार्ता मिलेपछिको शक्ति बाँडफाँड हो ।
भारत गएका उपप्रधानमन्त्री कमल थापाले तयार पारेको चार बुँदे रोडम्याप र मोर्चाका नेताहरुको भारत भ्रमणका बेला तय भएको सहमतिको
गोप्य खाकाका बीचमा तालमेल मात्रै हैन शक्ति बाँडफाँडको कुरा पनि समेटीएको पत्ता पाएपछि कांग्रेस अत्तालिएको हो ।
भारत भ्रमणका बेला सरकार र आन्दोलनकारी पक्षसँग भारतीय विदेश मन्त्री सुष्मा स्वराज र उनी मातहतका अधिकारीहरुले एउटा गोप्य सहमति
गर्न मनाएको बताइएको छ ।
उच्च स्रोतका अनुसार मधेसी मोर्चाले पुननिर्माण प्राधिकरण विधेयक पास गर्न दिने र सहमति पश्चात् ओली नेतृत्वकै सरकारमा सहभागि हुने
लगभग पक्का भएको थियो ।
भारतले यो चाँजोपाँजो मिलाइदिने सहमति दुवै पक्षलाई गरेको थियो । स्रोतको दाबी छ कि मोर्चासँग चार बुँदे रोडम्यापमै आधारीत भएर
सहमति बनेपछि उपेन्द्र यादवलाई उपप्रधान सहित मोर्चाका चारै दललाई सरकारमा ल्याउने र उनीहरुकै सहयोगमा संघीय प्रदेशको निर्वाचनसम्म
यही सरकारले गर्ने विषयमा सबैका बीचमा सहमति जस्तै बनेको थियो ।
तर, यो कुराको भान र चाल पाएपछि कांग्रेस बिच्कीएको बताइएको छ । कांग्रेसले बरु भूकम्प पीडित जाडो सहुन्, सदन चल्न नदिने र मोर्चा र
सरकारका बीचमा सहमति पनि बन्न नदिने प्रयत्नमा लागेको बताइन्छ ।
यतीसम्म की कांग्रेस सभापति सुशील कोइराला आफु बिरामी भएको भन्दै त्रिपक्षीय वार्तामा पनि नजाने र तमलोपा लगायत मधेसी
मोर्चाका नेताहरुलाई घरमा बोलाएर भड्काउने सम्मका गतिविधिमा संलग्न भएका उदाहरणहरु छन् ।
कांग्रेसले जसरी भए पनि आन्दोलन अड्काउने र मोर्चालाई वर्तमान सरकारमा सहभागि हुनै नदिने रणनीति लिएको छ । यसमा भारतले विरोध
पनि जनाइसकेको अवस्था छ ।
कांग्रेसका नेताहरुलाई भारतीय संस्थापन पक्षले भूकम्प पीडितको नाममा राजनीति नगर्न भनिसकेको छ । दोस्रो कारणका रुपमा
प्राधिकरणमा सिइओ नपाइने भएपछि राजनीतिक भागवण्डा गरि पीडितको नाममा आएका रकम पनि समानान्तर ढंगले पाउनुपर्ने घुमाउरो
दाउमा कांग्रेस रहेको बताइन्छ ।
राजनीतिक संयन्त्रमा रहने भएपनि कार्यकारी भुमिका नपाइने भएपछि कांग्रेसमा छटपटी बढेको छ । यती मात्रै हैन पीडितका नाममा पेसाको
बाँडचिुँडी गरौं भन्ने घुमाउरो प्रस्ताव कांग्रेसले गरिसकेको अवस्था छ । पीडित जनता सधैं पीडित बन्नुपर्ने र राजनीतिक कायृकर्ता मोटाइरहने
रबैयाका कारण समस्या भएको छ ।
यसरी एउटा पार्टीको दाउपेच र राजनीतिले सिंगो देश अनिर्णयको बन्दी बनाइनु कति जायज ? जिम्मेवार प्रतिपक्षीको भुमिका
निभाउनुपर्ने कांग्रेस स्वयं सहमति बन्न पनि नदिने पीडितलाई राहत पनि दिन नहुने पक्षमा उभिदा जनताले के बुझ्ने ?
घिनलाग्दो राजनीति कसैले पनि गर्न हुन्न र कांग्रेसको यस्तो चरित्र हो भने त्यसको नेपाली जनताले एक दिन भण्डाफोर गर्नेछन् ।नेपाल सन्देश बाट।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved