Home » » गगन थापा भन्छन- मधेस आन्दोलनका माग पुरा गर्नेपर्छ, देशलाई तत्काल निकास दिनुपर्नेमा जोड

गगन थापा भन्छन- मधेस आन्दोलनका माग पुरा गर्नेपर्छ, देशलाई तत्काल निकास दिनुपर्नेमा जोड

काठमाडौँ, १६ मङ्सिर । नेपाली काँग्रेसका युवा
नेता तथा केन्द्रीय सदस्य गगन थापाले मुलुक
अनिश्चिततातर्फ गइरहेकाले मधेस आन्दोलनको
तत्काल निकास निकाल्नुपर्ने बताउनुभएको छ ।
आज राजधानीमा जिल्ला कार्य समिति
काठमाडौँले आयोजना गरेको दबाब ¥यालीमा
बोल्दै काठमाडौँ क्षेत्र नं ४ का सभासद्समेत रहेका
थापाले मधेसको मागलाई तत्काल सम्बोधन गरी
मुलुकलाई निमार्णको बाटोमा लैजानुपर्ने धारणा
राख्नुभयो ।
संविधानले सबै वर्ग, समुदाय र परिवेशका जनतालाई
समेटेको बताउँदै थापाले संविधानमा भएका
विषयलाई जनतासम्म पु¥याउन सरकार असफल
भएको उल्लेख गर्नुभयो ।
उहाँले दैनिक उपभोग्य सामग्री, औषधि तथा
इन्धनको आपूर्तिका लागि गम्भीर हुनुपर्ने र
आन्दोलनरत दललाई सहमतिमा ल्याई निर्दोष
जनताको जीवन रक्षा गर्न सरकारसँग माग गर्नु
भयो ।
उहाँले भारतले नेपालले पाउनुपर्ने पारवहन
अधिकारलाई बिना कारण खोसे पनि नेपाली
जनताले कति पनि विचलित नभई त्यसको सामना
गर्ने बताउनुभयो । काँगे्रसका जिल्ला सभापति
भीमसेन दास प्रधानले तराईमा केही पार्टीले
गरेको आन्दोलनले सिङ्गो देशलाई पछाडि धकेलेको
धारणा राख्नुभयो । उहाँले संविधानमा असहमति
भए त्यसलाई वार्ता र सहमतिबाट मात्र सुल्झाउन
सकिने भएकाले आन्दोलन छोडी वार्तामा आउन
आग्रह गर्नु भयो ।
अधिकार, न्याय र शान्तिका लागि दबाब
¥याली गर्नुपरेको बताउँदै काँग्रेस सभासद्
राज्यलक्ष्मी श्रेष्ठले तत्काल सरकारले तराई
समस्याको निकास निकाली उपभोग्य
सामग्रीको कालोबजारी नरोकेमा देशव्यापी
रुपमै दबाबको कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।
काठमाडौँ क्षेत्र नं ७ का सभासद् ध्यानगोविन्द
रन्जितले मधेस आन्दोलनलाई टुङ्गोमा पु¥याउन
काँग्रेस लचिलो भएको उल्लेख गर्दै ठोस प्रस्ताव
ल्याई सरकारलाई अघि बढ्न सुझाव दिनुभयो ।
समितिले आज शान्तिबाटिकामा आयोजना
गरेको दबाब ¥याली न्यूरोड, सहिदगेट, पुरानो
बसपार्क हुँदै शान्ति बाटिकामा आई
कोणसभामा परिणत भएको थियो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved