Home » » नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले युवकलाई जिउँदै जलाए

नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले युवकलाई जिउँदै जलाए

नवलपरासी, १६ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका
कार्यकर्ताले मानवीय सीमा पार गर्दै नवलपरासीमा एक
युवकलाई जिउँदै जलाएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी
अनुसार सनही–९ मा कालोबजारीका लागि इन्धन ल्याएको
आरोपमा मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको
फर्साटिकरका १८ वर्षीय सन्दिप यादवलाई जिउँदै जलाएका
छन् ।
नेपाल–भारत सीमामा उनले ल्याएको डीजेल खोसेर मोर्चा
कार्यकर्ताले शरीरमा खन्याएका थिए । त्यसपछि उनको
शरीरमा आगो लगाए । जिउँदै जलाइएका यादवको अवस्था
गम्भीर छ । यादवको कम्मर मुनिको भाग जलेको छ । उनको
पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले
जनाएको छ ।
यसैबीच घटनामा संलग्न भएको आंशकामा प्रहरीले तीन
जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सनही ९ का
राजेशचन्द्र सैथवार, शिवकुमार यादव र सनही ८ का सेरु मिया
रहेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved