दमक, ६ पुस । कानुन, न्याय तथा संसदीय
मामिलामन्त्री अग्निप्रसाद खरेलले वार्तामा आउन
नचाहने र नाका अवरोध गरेर आन्दोलन गर्नेको
मागलाई सरकारले सम्बोधन नगर्ने बताउनुभएको छ ।
दमकमा आज ‘नेपालको संविधान जनताको संविधान,
जनताको संविधान जनता कै माझमा’ कार्यक्रमलाई
सम्बोधन गर्दै उहाँले नाका अवरोध कुनै आन्दोलन नभई
जनतालाई सास्ती दिने काम मात्र हो भन्नुभयो ।
सरकार अहिले अन्य देशसँगको नाका खोल्न र
व्यापारिक सम्झौता गर्न अघि बढेको बताउँदै उहाँले
भारतसँगको सम्बन्ध पहिलाको जस्तै सुमधुर रहेको र
यसलाई अझै राम्रो बनाउन आपूmहरू लागिपरेको
जानकारी दिनुभयो । रासस
दैनिक नेपाल बाट।
Home »
Nepali News
» ‘नाका अवरोध कुनै आन्दोलन
होइन, जनतालाई सास्ती दिने
काम हो’
‘नाका अवरोध कुनै आन्दोलन होइन, जनतालाई सास्ती दिने काम हो’
Posted by Unknown
Posted on 5:20 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment