Home » » गुहार माग्न आएका मधेसी नेतालाई नै चिन्दैनन् भारतीय नेता

गुहार माग्न आएका मधेसी नेतालाई नै चिन्दैनन् भारतीय नेता



काठमाडौं, मंसिर १६ । तराई मधेस
आन्दोलनमा भारतको समर्थन जुटाउन
मधेसवादी नेताहरु धमाधम भारतीय नेतासँग
भेटवार्ता गर्न थालेका छन् । यसै क्रममा
पछिल्लो पटक प्रभु साहको नेतृत्वमा मधेसी
नेताहरुको एक टोलीले भारतको प्रमुख
प्रतिपक्षी दल कंग्रेस आईका नेता शशी
थरुरसँग भेटवार्ता गरेको छ ।
भेटवार्ता कहिले र कहाँ भएको हो भन्नेबारे
केही नखुलाई भारतीय नेता थरुरले नेपालका
मधेसी नेताहरुका साथ खिचाइएको तस्वीर
ट्वीटरमार्फत सार्वजनिकसमेत गरेका छन् । तर
आफूसँग भेट गर्न आएका नेताहरुसँगको व्यक्तिगत
सम्बन्धमा निकै लामो दुरी रहेको उदाहरण
झल्किने गरी थरुरले टोली नेताको नाम नै
गलत लेखेका छन् ।
उनले मधेसी टोली नेताको नाममा नेपालका
पूर्व मन्त्री ‘प्रकाश साह’ लेखेका छन् । जबकी
उनीसँग पूर्व मन्त्री प्रभु साहको नेतृत्वमा
गएको टोलीले भेटवार्ता गरी फोटोसमेत
खिचाएको हो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved