Home » » राजेन्द्र महतोको उर्दी : सत्ता पक्षका सांसदलाई घर घरमा छिरेर लात हान्दै निकाल अनी पुरै सहर घुमाउ

राजेन्द्र महतोको उर्दी : सत्ता पक्षका सांसदलाई घर घरमा छिरेर लात हान्दै निकाल अनी पुरै सहर घुमाउ


मोरङ, १६ मंसिर / (फाइल तस्विर) सद्भभावना पार्टी
अध्यक्ष राजेन्द्र महतोले सत्ता साझेदार दलका सांसदलाई
नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
तीन दिनयता मोरङमा रहेका महतोले मंगलबार डायनिया
बजारमा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘कांग्रेस,
एमाले र एमाओवादी सांसद जहाँ भेटिन्छन् त्यहीं पक्रनुस्,
धोखाधडी र बेइमानी गरेकोबारे हिसाबकिताब माग्नुस् ।’
उनले कांग्रेस, एमाले र एमाओवादीका सांसदहरूको घर घेरा
हाल्नसमेत कार्यकर्तालाई उक्साएका छन् । महतोले भने,
‘कांग्रेस, एमाले र एमाओवादीका सांसद घरमा छन् भने घर
घेरेर बाहिर निकाल्नुस्, घरमा छैनन् भने खोजेर पक्रेर ल्याउनुस्,
टीकाचन्दन लगाएर, हात्तीघोडा केकेमा हुन्छ, बजार
घुमाउनुस् अनि धोकाधडी र बेइमानीबारे हिसाबकिताब
लिनुस् ।’ उनले जारी आन्दोलन भएकाले घरघरबाट लाठी लिएर निस्कन आग्रह गरेका छन् ।
अभि नहि तो कभि नही महतोले भने अब हरेक घर घरबाट बुढा जवान र महिला हातहातमा लाठी लिएर बाहिर निस्कनुपर्छ अनी मात्र
खोसीएको मधेसको भुमि र अधिकार फिर्ता हुन्छ । उन्ले १ घण्टा गरेको भाषणमा बाक्यै पिच्छे पहाडिया र मधेसिया भन्ने शब्द पटक पटक
प्रयोग गरेको भनी आजको कान्तिुर दैनिकले खबर छापेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved