Home » » कमल थापासँग सुस्मा स्वराजले दोहोराइन् पूरानै कुरा

कमल थापासँग सुस्मा स्वराजले दोहोराइन् पूरानै कुरा


मंसिर १६
काठमाडौं – भारतको अनौपचारिक
भ्रमणमा रहेका उपप्रधान तथा
परराष्ट्रमन्त्री कमल थापा र भारतीय
समकक्षी विदेशमन्त्री सुष्मा
स्वराजबीच भेटवार्ता भएको छ।
नयाँ दिल्लीमा भएको भेटवार्तामा
उपप्रधानमन्त्री थापाले नेपालमा
देखिएको इन्धन लगायत अत्यावश्यक
वस्तुको आपूर्तिमा समस्या, मधेश
आन्दोलन लगायत समायिक
राजनीतिक घटनक्रमको बारैमा छलफल
भएको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता
विकास स्वरुपले थापा र
स्वराजबीचको भेटवार्ताबारे ट्वीट
गर्दै जानकारी दिएका छन् ।

EAM @SushmaSwaraj
meets DPM & FM Kamal
Thapa. Reiterates need
for urgent pol solution
to pol problems facing
Nepal. pic.twitter.com/
FGGPcv2KHM
— Vikas Swarup
(@MEAIndia) December
2, 2015

स्वरुपका अनुसार स्वराजले थापासँग
भारतले आपूर्तिमा कुनै पनि रोक
नलगाएको दोहोराएकी थिइन् । उनले
नेपालमै समस्या रहेका कारण त्यसलाई
चाँडै समाधान गर्नुपर्ने सुझाव स्वराजले
दिएको जानकारी दिएका छन् । त्यस्तै
थापालाई स्वराजले नेपालमा
देखिएको राजनीतिक समस्यालाई
राजनीतिक तवरबाट यथासिघ्र
समाधान गर्न आग्रह गरेकी छिन् ।
थापा मंसिर १४ गते अनौपचारिक
भ्रमणमा भारत पुगेका हुन् । उनले त्यहाँ
रहँदा नेपालमा देखिएको समस्याबारे
भारतीय शीर्ष नेतृत्वसँग छलफल गर्ने
बताइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved