वीरगञ्ज, १७ मंसिर । विगत तीन महिनादेखि बन्द रहेको वीरगञ्ज–रक्सौल
नाकामा धर्ना दिएर बसिरहेका आन्दोलनकारीमाथि भारतीय समूहले अर्काे
आक्रमण गरेको छ ।
बुधबार राति नाकाबाट मधेसी मोर्चासम्बद्ध आन्दोलनकारीलाई कुटेर
हटाएको भारतीय समूहले आज विहानै उनीहरुमाथि ढुंगा वर्षाएको हो ।
नाकाको मितेरी पुलमा दुबैपक्षबीच ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ
।
मोर्चाका कार्यकर्ताले सीमामा कुनै सवारी चल्न नदिने भन्दै सीमा क्षेत्रमा
इन्धन बेच्न बसेका भारतीय नागरिकको इन्धन पोखिएको र सोही विषयलाई
लिएर भारतका नागरिकले नेपाली आन्दोलनकारीलाई ढुंगा प्रहार गरेको
पर्सा प्रहरीले जनाएको छ ।
भारतीयको ढुंगा प्रहारबाट एक प्रदर्शनकारी सत्रुधन यादव घाइते भएका छन् ।
भारतीयको आक्रमणबाट टाउको फुटेका यादवलाई उपचारका लागि
नारायणी क्षेत्रीय अस्पताल पुगाइएको छ ।
Home »
Nepali News
» वीरगञ्ज नाकामा बसेका आन्दोलनकारीमाथि
भारतीय समूहको अर्काे आक्रमण
एक प्रदर्शनकारी घाइते
वीरगञ्ज नाकामा बसेका आन्दोलनकारीमाथि भारतीय समूहको अर्काे आक्रमण एक प्रदर्शनकारी घाइते
Posted by Unknown
Posted on 9:42 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment