Home » » मनाउन नसकेको सुहागरात

मनाउन नसकेको सुहागरात


कल्पना खरेल २०७१ चैत १३
मेरो जन्मस्थल चितवन हो । मेरो पढाई लेखाई
चितवनमै भयो । म कक्षा १० मा पढ्दै थिएँ, मेरो
साथी नितेस पनि मेरो क्लासमा मसँगै पढ्ने साथी
थिएँ । हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौं
। हामी दुबैले एसएलसी पनि राम्रोसँग पास गर्यौं
। कक्षा ११ सुरू भयो, नितेस र म दिन प्रतिदिन धेरै
नजिक हुँदै गयौँ, हामी दुर्इका बीच प्रेमको आकुरा
पलाउन सुरू भयो । हामी साथीबाट बिस्तारै
प्रेमी-प्रेमिकामा परिणत भयौं ।
हरेक शनिबार हामी डेटिंग जान्थ्यौं । समय बित्दै
गयो । हामी दुईको प्रेम झन् झन् झाँगिदै गयो, जब
हामी डेटिंग गएको बेला संगै हुन्थ्यौं, नितेसले मेरो
कपाल सुम्सुम्याउँदै भन्थे- ऋतु म तिम्रो साथभन्दा
टाढा कहिले पनि हुन सक्दिन । तिमी मेरो
धड्कनमा हौं, तिमी नै मेरो संसार हौ, तिमी नै
मेरो जिन्दगि हौ भन्थे । हामी दुईले हात समातेर
जुनीजुनीसँगै मर्ने सँगै बाँच्ने बाचा गरेका थियौं ।
मलाई पनि नितेसको अंगालोमा हराई रहुँ जस्तो
हुन्थ्यो ।
एक दिन नितेसलाई नदेख्दा यो संसारमा एक्लो
भएको महसुस हुन्थ्यो ! हामी दुइको प्रेम
दिनप्रतिदिन लैला–मज्नुको जस्तो गहिरिँदै
गइरहेको थियो । मलाई नितेसबिनाको जिन्दगी
कल्पना गर्न पनि गाह्रो हुन्थ्यो । जब नितेस र म
भेट हुन्थ्यौ, संसारको सबै कुरा बिर्सी हामी दुर्इ
छुटै संसारमा हराउँथ्यौ । हाम्रो प्रेमलाई देखेर
होला यी सुन्दर प्रकृति एबं मानिसहरूले पनि
डाहा गरिरहेको भान हुन्थ्यो । हाम्रो प्रेमको
चर्चा गाउँघरतिर पनि चल्न थाल्यो ।
हामी बीचको सम्बन्ध घरपरिवारले पनि सुइँको
पाएछन् । नितेस गरिब घरको छोरा थिएँ, जात
पनि नमिल्ने यसैकारणले मलाई छिटो अर्को
ठाउँमा विवाह गरिदिने मनसाय मेरो घर
परिवारमा भयो । यतिकैमा मेरो विवाहको
लागि पोखराबाट कुरा चल्न थाल्यो, आफ्नो
ब्राह्मण जातको राम्रो घरपरिवार राम्रो
केटाको कुरा आएपछि मलाई मेरो बाबा, मामुले मन
पराएको केटासँग विवाह गरिदिने निर्णय गर्नुभयो
। मैले विवाह अस्वीकार गरे, बाबा मामु निकै
चिन्तित हुनुभयो । हामीले खोजेको केटासँग
विवाह नगरे म आत्महत्या गरिदिन्छु भन्दै मामु रुन
लाग्नुभयो । म दोधारमा परेँ आफ्नो प्रेमीलाई
छोडम् कि लालनपालन गरी शिक्षादिक्षा दिई
१० महिना गर्भमा राखी जन्म दिने आमालाई
आत्महत्या गर्न दिउँ, मेरो मनमा ठूला् अन्तरद्वन्द
चल्न थाल्यो । मलाई निर्णय गर्न निकै गाह्रो
भयो । म पनि मेरो कारणले आफूलाई जन्म दिने
आमाको आत्महत्या कसरी हेर्न सकुँ !
घरपरिवाबाट मलाई निकै दबाब आयो, अन्तिममा
मलाई बाध्यतामा पारी बाबा-मामुले खोजेको
केटासँग विवाह गर्ने निर्णय भयो, म आकाशबाट
खसेको जस्तो भएँ । म मेरो प्राण प्यारो
नितेसभन्दा टाढा हुन कसरी सक्थेँ र ! मेरो लागि
विवाह पनि कुनै ठूलो सजायँ भयो । नितेस पनि
मेरो विवाहको कुराले पागल जस्तो भएका थिए ।
मेरो हात समाएर ऋतु तिमीबिना म बाँच्न सक्दिन
भन्दै बिलौना गरेर रुन लागे ।
म के गरौं ? मेरो जीवनमा ठूलो पहाड बनी आएको
समस्यालाई मसँग कुनै विकल्प थिएन । मेरो
मनभित्रको आधीबेहरीको बाबजुत पनि मेरो
विवाह पोखराको सुमन नामको केटासँग तय भयो
। विवाहको दिन तोकियो । विवाह भब्य रुपमा
सम्पन्न भयो । म सुमनको बेहुली भएँ, म सुमनको घरमा
बुहारी बनी भित्रिन पुगे । सबै घरपरिवारले कति
सुन्दर बुहारी कति लक्षिनकी रहिछन् भनी प्रसंसा
गर्न थाले । मलाई देखेर सबै परिवार खुसी थिए ।
सुमन पनि निकै खुसी भएका थिए । यतिकैमा
राति भयो, मलाई सुमनको साथ सुहागरात मनाउनु
पर्ने भयो । बिचार सुमन उनको के नै दोष थियो र ?
उनले कस्तो सपना म भरि बुनेका थिए होलान ! म र
सुमनको एउटै बिस्तरामा रात बित्यो ।
सुमन मनभरिका आफ्ना भावना मलाई वर्षाउन
खोज्थे, तर पनि म सुमनको न्यायो अंगालोमा
बाँधिन सकिन । सुमनले पनि मलाई कुनै करकाप-
जबर्जस्ती गरेनन् । सुहागरात पनि निरस र अपुरो
भयो । सुहागरातमा पनि म मेरो प्राण प्यारो
नितेसलाई सम्झेर तड्पीरहेकी थिएँ । मेरो मन
मस्तिष्कमा नितेसको बास थियो । कसरी म
सुमनसँग सुहागरात मनाउन सक्थेँ र ! नितेसबिना मेरो
संसार अन्धकार भएको थियो । मुटु त एउटा
हुँदोरहेछ, एउटा मुटु कसैलाई दिइसकेकी थिएँ, फेरि
कसैलाई दिन नसकिने रहेछ । मेरो मनमा उथलपुथल
भुइँचालो गइरहेको थियो । ती पोखराका सुन्दर
प्रकृतिले मेरो मनभित्रको उथलपुथललाई बुझ्न
खोजिरहेको भान हुन्थ्यो । सुमनको अतिसुन्दर महल
मेरो लागि मसान घरजस्तै भएको थियो । मेरो
आँखामा वर्षाको झरीजस्तै झरी बर्सिरहेको
थियो । मेरो मन केही गरे पनि खुसी हुन सकेन । सुमन
मेरो खुसीको लागि धेरै ठाउँ घुमाउन लैजान्थे ।
पोखराको सुन्दर प्रकृति र सुन्दर सहरभित्र म आफै
हराइरहेको महसुस हुन्थ्यो । केही गरे पनि म खुसी हुन
सकिनँ ।
धेरै रातहरू सुमनको साथ बित्यो, म कहिले पनि
सुमनको न्यायो अंगालोमा बाँधिन सकिन । सुमन
मेरो मन जित्न धेरै कोसिस गर्थे, उनको मनभरिको
भाबना र चाहना मलाई वर्षाएका हुन्थे, तर पनि
मेरो मनले सुमनलार्इ स्वीकार गर्न सकेन । यस्तै ६
महिना बित्यो, सुमनको सिन्दुरले मात्र मलाई
रंगायो । सुमनको निर्दोष भावनाले मलाई रंगाउन
सकेन । म आफूले आफैलाई प्रश्न गर्थेँ- किन सुमनको
विशाल एकोहोरो मायालाई मेरो मनले
तिरस्कार गरिरहेछ ? बिचरा सुमनको के नै दोष
थियो र ? मेरो नितेससँग फोनमा कुरा भइरहन्थ्यो
। मेरो बेहाल देखेर नितेस निकै दुःखी हुन्थे ।
ऋतु ! तिमी सुमनको भइसक्यौ, सुमनसँग खुसी भएर बस,
म जतिसुकै घाइते भएपनि तिम्रो खुसी मेरो खुसी
हो, ऋतु ! तिमीले आफूलाई सम्हाल भनि नितेसले
सम्झाउँथे । तर, पनि नितेससंगको प्रेम झनै मेरो
विवाह पश्चात नटुट्ने डोरी जसरी लम्बिदै गयो ।
सागरसरी गहिरिँदै गयो । यतिकैमा मेरो बीएको
परीक्षा आयो । मैले चितवन माइतीमा गएर
परीक्षा दिनुपर्ने भयो । म माइत गएँ । परीक्षा
पनि दिएर सकियो । मेरो नितेससँग धेरैजसो भेट
भइरहन थाल्यो । म फेरि नितेसको न्यानो
अंगालोमा हराउन थालेँ । साँच्चिनै यो मनले
नितेसको न्यानो अंगालोबाट अलग हुन चाएन ।
हामी दुवै छुट्टिन नसक्ने अवस्था भयो । फेरि
हाम्रो मिलन भयो, हामी दुवै सँगै जिन्दगी
बिताउने निर्णयमा पुग्यौं । म नितेसको घरमा
नितेसको जीवन साथी भएर एकसाथ हामी बस्न
थाल्यौं । नितेससँगको साथ मेरो लागि स्वर्गसरी
भयो । नितेससँगका मिठामिठा क्षण अतिनै
रोमान्चक भए । म नितेसप्रति सदाको लागि
समर्पित भएँ । यस्तै अति मिठो क्षण बिताउँदै
थियौं ।
म लामो समयसम्म सुमनको घर पोखरा नफर्केपछि
सुमन मलाई लिन चितवन मेरो माइती घर आएछन् ।
त्यस समय म सुमनको नभएर नितेसको भइसकेकी थिएँ
। सुमन म प्रतिको एकोहोरो प्रेममा गहिरी
सकेका रहेछन । जहिले पनि मसँग ‘ऋतु तिमी जस्ती
अप्सरा जीवन साथी पाउनु मेरो भाग्य !’ भन्ने गर्थे
। सुमनको एकोहोरो प्रेमले मलाई निकै आभारी
बनाएको थियो । तर, के गर्ने साँच्चिनै मुटु त एउटा
हुँदोरहेछ, एउटा मुटुलाई दुई ठाउँमा बाड्न नमिल्ने
रहेछ ।
६ महिनाको सुमनसँगको साथमा मलाई सुमनले
कहिले पनि मेरो ईच्छाबेगर कुनै दबाब दिएनन् । मेरो
मन जित्न निकै कोसिस गरेका थिए । तर पनि मेरो
मन मुटु कहिल्यै सुमनलाई दिन सकिनँ । कहिल्यै मेरो
माया दिन सकिनँ । आखिर म मेरो प्रेमी नितेससँग
साथ हुन पुगेँ । नितेसको प्रेममा रमाउन पुगेँ ।
नितेसको अंगालोमा हराउन पुगेँ । नितेससँग
जिन्दगी बिताउने निर्णय गरेँ ।
यो सबै कुरा सुमनलाई थाहा भयो, सुमनले आफूलाई
सम्हाल्न सकेनन् । उनले मलाई पत्र लेखे छन्– ‘मेरी
प्राण प्यारी ऋतु… ! जन्मौ जन्म तिमीलाई प्यार,
तिमीले जे गर्यौं राम्रो गर्यौं । तिम्रो केही दोष
छैन । प्रिया, तिमी मेरो धड्कनमा हरदम रहने छौं ।
प्रिया, तिमी भौतिक रुपमा मेरो साथ नभए पनि
मेरो प्रेम तिम्रो साथ सदासदाको लागि रहनेछ ।
मेरो सम्पूर्ण सम्पति ऋतुलाई दिनु ! ऋतुको कुनै दोष
छैन’ भनी लेखेको पन्नाको पत्र सिरानीमा राखी
बिस सेवन गरेर उनी सदासदाको लागि यो
संसारबाट बिदा भए।
म मेरो नितेससँगको पुनर्मिलनले संसारको सबै कुरा
बिर्सिएर रमाउँदै थिएँ । एक्कासी सुमनको मृत्युको
खबरले मलाई आकाशबाट खसेको जस्तो भयो । म
भाबबिभोर भएँ, सुमनले मप्रति गरेको मायालु
व्यवहारले क्षतबिक्षत भएँ । सुमनले मायाको भिख
मागे पनि मैले माया दिन सकिनँ । जीवनको भिख
मागे जीवन दिन सकिनँ । उफ ! मलाई निकै
पश्चाताप भयो, जिन्दगीभर पश्चाताप भइरहेको
छ !
(कथाकार खरेल एक दशकदेखि इजरालमा बस्दै आएकी
छन्)

Share this News :

1 comment:

  1. कथा राम्रो छ,रियालिटी होइन ।

    ReplyDelete

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved