Home » » नाकाबन्दीले मेरा सारा सपना चकनाचुर : ओली

नाकाबन्दीले मेरा सारा सपना चकनाचुर : ओली


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले
नाकाबन्दीका कारण देश बनाउने आफ्ना सबै सपना
चकनाचुर भएको बताएका छन् ।
सरकारी निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन
पुगेका नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीसँग
कुरा गर्दै प्रम ओलीले देश बनाउनका लागि आफूले
बुनेका सबै सपना जालमा परेको उल्लेख गरे ।
'प्रधानमन्त्री हुँदा मैले धेरै सपना बुनेको थिएँ', उनले भने,
'मैले देखेका सपना नाकाबन्दीसँगै जालमा परे । मैले
देखेका सपना अहिले चकनाचुर भएका छन् ।'
भूकम्पपछिको क्षति र भारतीय नाकाबन्दीको जटिल
परिस्थितिमा आफू प्रधानमन्त्री बन्न पुगेको बताउँदै
प्रम ओलीले देशले धक्कामाथि धक्का ब्यहोरेको बताए

'म अप्ठेरो परिस्थितिमा प्रधानमन्त्री बन्न पुगेँ ।
भूकम्पलगत्तै नाकाबन्दी झेल्नु परेकाले मेरा सपना
चकनाचुर भएका छन्', उनले भने, 'भूकम्पको धक्का भुल्न
नपाउँदै सीमाक्षेत्रको नाकाबन्दीले अर्को धक्का
बेहोर्नुपर्यो ।'
वैशाखको भूकम्प र भारतीय नाकाबन्दीले नेपाल र
नेपाली जनतालार्इ खर्बौको क्षति भएको बताउँदै
ओलीले सामाजिक क्षतिको हिसाबै हुन नसक्ने उल्लेख
गरे ।
अहिलेको क्षतिको पूर्ति गर्न नेपाल र नेपालीले
लामो समय खर्चिनुपर्ने उनको भनाइ थियो । देशको
अहिलेको समस्याको निकास खोज्न आफूले निरन्तर
प्रयास गरिरहेको उनले बताए ।
प्रम ओलीलार्इ भेट्दै प्रज्ञा प्रतिष्ठानको टोलीले ३०
करोड बढी बजेट उपलब्ध गराउन माग गरेका थिए ।
प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगा उप्रेतीले
कला र संस्कृति जोगाउन सरकार गम्भीर हुनुपर्नेमा
जोड दिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved