Home » » लाखौं ठगेेर वेपत्ता हुन्डी कारोबारी नेपालीको कोरियामै मृत्यु

लाखौं ठगेेर वेपत्ता हुन्डी कारोबारी नेपालीको कोरियामै मृत्यु

सोल: हुन्डी कारोबारबाट उठेको रकम ठगेर
सम्पर्कविहीन भएका एक नेपालीको हृदयघातबाट
दक्षिण कोरियामै मृत्यु भएको छ । हुन्डी कारोबारी
बलराम लामिछानेको बिहीबार राति मृत्यु भएको
हो ।
एक करोड रुपैयाँ भन्दाबढी रकम नेपाली युवाहरुबाट
उठाई लामिछाने डेढ वर्षदेखि सम्पर्कविहीन थिए ।
उनले इन्छनस्थित बुफेंगमा ककनी रेस्टुरेन्ट सञ्चालन गरेका
थिए । फरार हुनुअघि नै लामिछानेले उक्त रेस्टुरेन्ट
बेचिसकेका थिए । नुवाकोट घर भएका लामिछानेले
कोरियन युवती बिहे गरेका थिए ।
लामिछानेले प्रचलित दरभन्दा सस्तोमा रकम उठाउने
गरेका थिए । लामिछानेसँग हुन्डीमार्फत पैसा पठाउन
खोजेका मेलम्चीका एक युवाले १४ लाख गुमाएका थिए

शेर्पा थरका ती युवाले घर बनाउनका लागि
कम्पनीका अन्य साथीहरुसँग सापटी गरेर रकम
लामिछानेलाई दिएका थिए ।
उनीसँगको हुन्डी कारोबारमार्फत रकम गुमाउने अन्य
युवाहरु गैरकानुनी कार्य भएकोले सञ्चारमाध्यममा
आउन चाहदैँनन् ।
युवाहरुले उनीमार्फत पठाएको रकम नेपालमा आफन्तहरुले
पाउन सकेका थिएनन् । हुन्डीका लागि रकम
उठाएलगत्तै रेस्टुरेन्ट बेचेर लामिछाने सम्पर्कविहीन
भएका थिए । लामिछाने हराएपछि युवाहरुले आफ्नो
रकम गुमेको निष्कर्ष निकालेका थिए ।
दक्षिण कोरियामा इपिएस प्रणाली लागू नहुँदै
लामिछाने मुनड्रप्स ओभरसिजमार्फत रोजगारीका
लागि आएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved