Home » » राजधानीमा नेपाली सेनाको गस्ती टोलीमाथि आक्रमण, सैनिकको हात काटियो

राजधानीमा नेपाली सेनाको गस्ती टोलीमाथि आक्रमण, सैनिकको हात काटियो


काठमाडौं, ४ पुस । राजधानीमा नेपाली सेनाको एक टोलीमाथि आक्रमण भएको छ ।
शनिबार विहान राजधानीको गोकर्ण वनमा खाना पकाउने दाउरा खोज्न गएका
व्यक्तिहरुको समुहले गस्तीमा खटिएको सेनाको टालीमाथि आक्रमण गरी एक सैनिक
जवानको हात काटिदिएका छन् ।
घटना भएको गोकर्ण जंगलको गेट/तस्वीर स्रोतः नागरिक न्यूजबाट
घाइते सैनिकको नाम खुल्न सकेको छैन् । दाउरा खोज्न वनमा पुगेका व्यक्तिहरुलाई नेपाली
सेनाको बर्दबहादुर गण ‘घ’ गुल्मको सैनिक टोलीले रोक्न खोज्दा भएको झडपमा दाउरा
खोज्न गएको समुहको प्रहारबाट एक सैनिकको हात काटिएको हो ।
वन क्षेत्रको सुरक्षार्थ खटिएको गुल्मका सेनाले दाउरा खोज्न गएको उक्त समुहमा रहेका १०
जनालाई दाउरासहित नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको
बताइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved