एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी परित्याग गरेका गएका नेता डा. बाबुरामलाई
लिनप्याओवादीको संज्ञा दिएका छन् । १२२ औँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई
सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
बाबुरामको पार्टी परित्याग दक्षिणवादी विसर्जनवाद भएको औल्याउँदै उनले बाबुरामले सधैं नेतृत्वमै
आँखा लगाउने खुलासा गरे । ‘लिनप्याओलाई माओले म पछिको अध्यक्ष तपाई नै हो भन्दा दिन रात
निन्द्रा लागेन, किनकी लिनप्याओलाई माओ कहिले मर्ने हो र आफु कहिले अध्यक्ष बन्ने हो भन्ने चिन्ताले
सताएछ’, उनले भने । अध्यक्षकै लागि उनले माओलाई मार्नेसम्मको योजना समेत बनाए प्रचण्डले भने । माओलाई
मार्ने लिनप्याओको योजना अन्तत: असफल भयो र उनी आफै निस्केर सडकमा हिडे र मरे । ‘म नाम लिन
चाहन्न, म यति भनेपछि तपाईहरुले बुझ्नुभयो ’ प्रचण्डले भने ।
क्रान्ति निरन्तर जारी रहने बताउँदै उनले मुलुकलाई निकास दिने जिम्मा एमाओवादीको काँधमा रहेको
बताए ।
Home »
Nepali News
» बाबुरामले अध्यक्ष नपाउदा पार्टी छोडेः प्रचण्ड
बाबुरामले अध्यक्ष नपाउदा पार्टी छोडेः प्रचण्ड
Posted by Unknown
Posted on 5:55 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment