Home » » एमाले नेता नेपालद्धारा सरकारको आलोचना सरकारले तस्करी र महँगी नियन्त्रण गर्न नसकेको भनाई....

एमाले नेता नेपालद्धारा सरकारको आलोचना सरकारले तस्करी र महँगी नियन्त्रण गर्न नसकेको भनाई....

बनेपा, ११ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता
तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले
सरकारले तस्करी र महँगी नियन्त्रण गर्न नसक्दा
जनता मारमा परेको बताउनुभएको छ ।
नेकपा (एमाले), काभ्रेपलाञ्चोकले आज बनेपामा
नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित
पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा
उहाँले तस्करी र महँगी नियन्त्रणमा सरकारको
उपस्थिति देखिएको छैन भन्नुभयो ।
मुलुकमा अहिले देखिएको समस्या समाधान गर्न
पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै
वरिष्ठ नेता नेपालले पार्टी एकताबद्ध भए मुलुकमा
देखिएका सबै चुनौतीको सामना गर्न एमाले सक्षम
हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भारतको नाकाबन्दी, मधेसी मोर्चाको
आन्दोलन, भूकम्पले सिर्जना गरेको समस्या मुलुकका
लागि ठूलो चुनौती भएको उल्लेख गर्दै
सीमाङ्कनबाहेक अन्य धेरै विषयमा वार्ताको
माध्यमबाट टुङ्ग्याउन सकिने बताउनुभयो ।
सीमाङ्कनको विषय जिल्लासँग जोडिएको विषय
हो त्यसैले यसलाई मात्र राजनीतिक मुद्दा
बनाउनुहँुदैन उहाँले भन्नुभयो ।
सीमाङ्कनको विषयमा निर्णय लिँदा विचार पु
¥याउनुपर्ने उल्लेख गर्दै नेता नेपालले संविधानको
विषयमा किचलो झिकेर मुलुकलाई दूरगामी रुपमा
नकारात्मक असर पु¥याउने काम गर्नुहँुदैन भन्नुभयो ।
सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा
सदस्यहरुलाई पदभार ग्रहणपछि प्रमाणपत्रसमेत
वितरण गरिएको थियो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved