Home » » भारत भ्रमण फलदायी: राजेन्द्र महतो

भारत भ्रमण फलदायी: राजेन्द्र महतो


वीरगन्ज—सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र
महतोले मोर्चाका शीर्ष नेताको नयाँ दिल्ली भ्रमण
फलदायी भएको बताएका छन्। वीरगञ्ज फर्किएपछि
सोमबार पत्रकार सम्मेलन गर्दै उनले मधेस आन्दोलनप्रति
सरकारले फैलाएको दुष्प्रचार चिर्न सफल भएको उल्लेख
गरे।
वार्ताप्रति गम्भीर नभएको आरोप लगाउँदै उनले ११ बुँदे
मागको सम्बोधन गरिनुपर्ने बताए।
'संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेका
११ बुँदे मागप्रति सरकार र प्रमुख विपक्षी दल
संवेदनशील देखिएका छैनन्', उनले भने, 'वार्ताप्रति
सरकार गम्भीर नभई नाटक मात्र गरिरहेको देखिन्छ।'
मधेस आन्दोलनप्रति सरकारले फैलाएको दुष्प्रचार चिर्न
मोर्चाका शीर्षस्थ नेताहरुले हालै भारत भ्रमण गरेको
उल्लेख गर्दै उनले आफूहरुको भारत भ्रमण उपलब्धिमूलक
भएको बताए।
राज्यबाट शोषित, पीडित र बहिष्कृत भएका मधेसीले
अधिकार प्राप्तिका लागि गरिरहेको आन्दोलनलाई
अन्तर्राष्ट्रिकरण गर्न सहयोग र समर्थन गर्न भारतीय
सरकार र त्यहाँका नागरिकलाई आग्रह गरिएको उनले
सुनाए। मधेसका माग र मुद्दाबारे उनीहरुलाई बुझाउने
काम भएको पनि उनले सुनाए। रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved