Home » » माधव नेपालकाे भारतलाई प्रश्न- विहारीलाई सेनामा लिन नसक्नेले नेपाललाई पाठ सिकाउने ?

माधव नेपालकाे भारतलाई प्रश्न- विहारीलाई सेनामा लिन नसक्नेले नेपाललाई पाठ सिकाउने ?

मंसिर २८, २०७२- एमाले
नेता माधवकुमार आफ्नै
बिहारबाट सेना लिन नसक्ने भारतले
नेपाललाई यही विषयमा पाठ
सिकाउन खोजेको आरोप लगाएका छन् ।
सिमरामा सोमबार पार्टीको अगुवा
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले
यस्तो बताएका हुन् । उनले मधेसमा दुई/
चार जनाले नयाँ संविधानबारे भ्रम
फैलाएको भन्दै यसको पछि नलाग्न पनि
आग्रह गरे ।
‘एउटा देशले अर्को सार्वभौम देशको
आन्तरिक मामिलामा हस्तक्षेप गर्न
मिल्दैन,’ उनले भने, ‘के भारतमा पञ्जाबी
मात्र सेनामा लायक हुन्, विहारी हुन
सक्दैनन् ? विभेद आफैं गर्ने र अरुलाई पाठ
सिकाउने ?’ उनले भने । एक अर्को
प्रसङ्गमा उनले भने, ‘नेपालको मधेसमा
मधेसीको बसोबास पाँच हजार बर्ष
पुरानो इतिहास छ, त्यसैले मधेसी
आदिवासी हुन् । विहारी भन्नेसित
हामी प्रतिवाद गर्न तयार छौं ।’
क्षमता नभएका केही नेताले ५० लाख
दिने भन्दै आन्दोलनमा दर्जनौं मर्न
उक्साएको उनले आरोप लगाए । उनले भने
‘५१ लाख दिन्छौं, तर तिनै नेताले आफ्ना
सन्तान आन्दोलनमा पठाउन् त ?’
संविधानमा केही भाषगत त्रुटी भएकाले
त्यसलाई सच्याएर र छुटेका अधिकार
संसदबाट स्थापित गराउन उनले आग्रह गरे
। कार्यक्रममा एमालेका बारा/
पर्साका सांसद, पूर्वमन्त्री तथा नेताहरु
सहभागी थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved