Home » » इँटाभट्टाको चिम्नी विस्फोट हुँदा ६ जनाको मृत्यु

इँटाभट्टाको चिम्नी विस्फोट हुँदा ६ जनाको मृत्यु


इटहरी— इटहरी उपमहानगरपालिका–१६ एकम्बा
स्थित न्यु जयनेपाल इँटाभट्टा उद्योगमा आगो
बाल्दा ग्यास ब्लक भएर चिम्नी विस्फोट भई एक
भारतीय नागरिक सहित ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाँच पुरूष र एक महिला छन्।
मृतकमध्ये तीन जनाकाे सनाखत भएकाे छ। तीन
जनाकाे सनाखत हुन बाँकी रहेको इलाका प्रहरी
कार्यालय पकलीको इन्स्पेक्टर टीका कार्कीले
बताए।
सनाखत भएकाहरूमा मिथिलेश पासवान बिहार
भारत, भगनीदेवी चाैधरी इटहरी-१६, शिवनारायण
चाैधरी इटहरी-२० छन्। अन्य तीन मृतककाे सनाखत हुन
सकेकाे छैन।
घटनामा परी करिब ४० जना घाइते भएको प्रहरीले
बताएकाे छ। घाइतेहरूले उपचारका लागि धरान स्थित
वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
अस्पताल लगिएकाे छ।
चिम्नी वैशाख १२ भूकम्पका कारण चर्किएकाे
थियाे। मर्मत गरेर सञ्चालनमा ल्याइएकाे १२५ फिट
लामाे चिम्नी भूकम्पमा चर्किएकाे ठाउँमा
भाँचिएकाे हाे।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved