Home » » राजेन्द्र महतो गोल्डेन अस्पतालको आईसियूमा भर्ना

राजेन्द्र महतो गोल्डेन अस्पतालको आईसियूमा भर्ना

विराटनगर, ११ पुस । सद्भावना पार्टीका अध्यक्ष
राजेन्द्र महतोलाई टाउकोमा गम्भीर चोट
लागेपछि विराटनगरस्थित गोल्डेन अस्पतालको
आईसियूमा भर्ना हुनुभएको छ ।
विराटनगरको रानी भन्सार अगाडि मालबाहक
गाडीलाई अवरोध गर्न मधेसी मोर्चाका
कार्यकर्तासहित बसिरहेको अवस्थामा प्रहरीले
धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो

झडपका क्रममा उहाँको टाउकोमा चोट लागेको
छ । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार
उहाँको अवस्था सामान्य रहेको छ ।
उक्त घटनामा ११ जना मोर्चाका कार्यकर्ता र एक
प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले
जनाएको छ । सो क्रममा पाँचजना
प्रर्दशनकारीलाई पक्राउसमेत गरिएको छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved