Home » » राजेन्द्र महतो विराटनगरमा पक्राउ

राजेन्द्र महतो विराटनगरमा पक्राउ


महतो धर्नामा बस्दा विराटनगरको जोगवनी नाकामा झडप
फाइल तस्बिर
विराटनगर, ११ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले
पक्राउ गरेको छ ।
मधेस आन्दोलनको नेतृत्व गरिरहेका महतोलाई मोरङको विराटनगरस्थित जोगवनी
नाकाबाट मधेस आन्दोलनको नेतृत्व गरिरहेका महतोलाई धर्ना दिँदै गरेको
अवस्थामा पक्राउ गरिएको विराटनगर प्रहरीले जनाएको छ ।
शुक्रबार वीरगञ्जबाट विराटनगर आएका महतो आज भारतसँगको सीमानाका
जोगबनीमा धर्ना बस्न पुगेका थिए । प्रहरीले हटाउन खोज्दा नमानेपछि
महतोलाई पक्रिदा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप समेत भएको छ । झडपका
क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । झडपमा महतोसहित केही
आन्दोलनकारी घाइते भएका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved