Home » » त्रिपक्षीय वार्ताबाटै गृहमन्त्रीलाई प्रचण्डको फोन, महतो घाइते भएकोबारे सोधपुछ.....

त्रिपक्षीय वार्ताबाटै गृहमन्त्रीलाई प्रचण्डको फोन, महतो घाइते भएकोबारे सोधपुछ.....


११ पुस, काठमाडौं । काठमाडौंमा कांग्रेस,
एमाओवादी र मधेसी मोर्चाको बैठक बसिरहेका बेला
रानी भन्सार नाकामा भएको झडपमा राजेन्द्र महतो
घाइते भए ।
मोर्चाका शीर्ष नेता मध्येका उक महतो घाइते भएपछि
यो विषयले वार्तामा प्रवेश पायो । कांग्रेससँग छलफल
चलिरहँदा सद्भावनाका महासतिव मनिष सुमनलाई
फोन आएको थियो ।
उनले घटनाबारे जानकारी पाएपछि बैठकमा रहेका
उपेन्द्र यादवले समेत विराटनगरमा नेताहरुलाई फोन गरेर
बुझेका थिए ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास
महाराजगञ्जमा भएको त्रिपक्षीय वार्तामा
मोर्चाका नेताहरुले रानी भन्सारमा भएको झडपको
विषय उठाए । घटनाको निन्दा गर्दै मोर्चाका
नेताहरुले यसले वार्ताको वातावरण नबनाउने बताए ।
लगतै एमाओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री शक्ति
बस्नेतलाई फोन गरेका थिए । उनले गृहमन्त्री बस्नेतसँग
घटनाबारे सोधपुछ गरेको एक नेताले बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved