Home » » प्रहरीको अर्काे कारवाहीः मधेसी मोर्चाका चार नेतासहित ६ जना भैरहवामा पक्राउ, बेलहिया नाकामा धर्ना दिन खोज्दा समातिए

प्रहरीको अर्काे कारवाहीः मधेसी मोर्चाका चार नेतासहित ६ जना भैरहवामा पक्राउ, बेलहिया नाकामा धर्ना दिन खोज्दा समातिए

भैरहवा, २० मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार नेता
र दुई कार्यकर्तालाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।
नेपाल-भारत सीमामा पर्ने भैरहवाको बेलहिया नाकामा धर्ना दिन आएका
चार नेतासहित ६ जनालाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी
बुद्धि गुरुङले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष
महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा,
सदभावना राजेन्द्र महतो पक्षका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी)
र तमसपाका रुपन्देही जिल्ला अध्यक्ष श्रीनिवास यादव रहेका छन् ।
एसपी गुरुङका अनुसार धर्ना दिन बसेका कार्यकर्ताहरु गणेश पाल र राजकुमार
सिंह पनि पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा राखिएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved