मंसिर २०
मुम्बाई – कटरिना कैफ आफ्नो व्यक्तिगत र
प्रेम जीवनबारे कमै बोल्ने नायिका रुपमा
चनिन्छिन् । तर, चर्चित पत्रिका
जिक्युसँगको अन्तर्वार्तामा भने
कटरिनाले आफ्नो नीजि जीवनको
बारेमा खुलेर कुरा गरेकी छिन् ।
जिक्युसँग कुरा गर्दै फ्यान्टमकी
नायिकाले सलमान खानले हालै एक
कार्यक्रममा आफू बारे दिएको
प्रतिक्रिया चित्त नबुझेको बताइन् ।
सलमानले कलर्स च्यानलमा प्रशारण हुने
कमेडी नाइटस् विथ कपिलमा आफ्नो
पछिल्लो चलचित्र प्रेम रतन धन पायोको
प्रबद्र्धन गर्न आएका थिए । त्यसबेला उनले
सेटमा कटरिनाको चित्र राखिएको
पटाखाहरु देखेर जिस्किँदै भनेका थिए,
‘कटरिनाको चित्र राखेर के काम ? न त
यो तिम्रो लागि काम आउँछ न मेरो
लागि नै कुनै काम लाग्छ ।’
अन्तर्वार्तामा कटरिनाले भनेकी छिन्,
‘सलमान र मेरो सम्बन्ध साँचो थियो ।
त्यही भएर आज पनि हामी साथी भएर
बसिरहेका छौं । तर उनी समानान्तर
ब्रम्हाण्डमा बाँचिरहेका हुन्छन् र
सार्वजनिक रुपमा मेरो बारेमा खिल्ली
उडाइरहेका हुन्छन् । यो कुरा
मिडियालाई निकै चाख लाख्छ । जस्तो
कि कपिल शर्माको शोमा उनले मलाई कुनै
कामको छैन भनेर भने । त्यस लगत्तै मेले
उनलाई फोन गरेर कराए ।’
कटरिनाका अनुसार सलमान र उनीबीच
यस्तो सोहार्दपूर्ण सम्बन्ध भएका कारण
उनले सलमानलाई कराएको बताइन् ।
जवाफमा सलमानले माफी माग्दै
मिडिया समेतमा उक्त कमेण्टबारे माफी
माग्ने आफूलाई जवाफ दिएको बताइन् ।
‘मैले उनलाई आइन्दा यस्तो नगर्न र
मिडियामा सकेसम्म चुप लाग्न आग्रह गरे,’
कटरिनाले बताइन् ।
३२ वर्षीया नायिकाले रनविरसँगको
आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै
विवाहको विषयमा विस्तारै सोच्ने
बताइन् । ‘हाम्रो वरिपरी हेर्नु त,
विवाहमा कति समस्या छ,’
अन्तर्वार्तामा उनले बताइन् ।
Home »
Entertainment
» सलमानलाई फोनमा किन हप्काइन् कटरिनाले ?
सलमानलाई फोनमा किन हप्काइन् कटरिनाले ?
Posted by Unknown
Posted on 2:45 AM
with No comments
Labels:
Entertainment

0 comments:
Post a Comment