Home » » जर्मन सांसदले भने-हात फैलाएर माग्दैछु मिस्टर मोदी, नाकाबन्दी रोक्नुस्...

जर्मन सांसदले भने-हात फैलाएर माग्दैछु मिस्टर मोदी, नाकाबन्दी रोक्नुस्...


१५ मंसिर, काठमाडौं । भारतले नेपालमाथि गरेको
नाकाबन्दीको विरोधमा नेपाली मात्रै होइन,
विदेशीहरु पनि खुलेर बोल्न थालेका छन् ।
जर्मनीका एक सांसदले ट्वीटरमा भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्वोधन गर्दै छोटो
तर, भावुक ट्वीट गरेका छन् ।
कुन्दा दिक्षितले ट्वीटरमा राखेको वीर अस्पतालमा
दाउराबाट खाना पकाइरहेको फोटोलाई उद्वृत गर्दै
जर्मन सांसद ओमिद नौरिपुअरले ट्वीट गरेका हुन् ।
‘यो दर्दनाक छ । म तपाईंसित हात फैलाएर माग्दैछु
मिस्टर मोदी, नेपालमाथिको नाकाबन्दी रोक्नुस्’
मोदीलाई मेन्सन गरेर उनले ट्वीट गरेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved