Home » » परराष्ट्रमन्त्रीले भोलि सुष्मा स्वराजलाई भेट्दै, मोदीसित पनि भेट हुन सक्ने

परराष्ट्रमन्त्रीले भोलि सुष्मा स्वराजलाई भेट्दै, मोदीसित पनि भेट हुन सक्ने


१५ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान
तथा परराष्ट्रमन्त्री कमल थापालेे भारतीय समकक्षी
सुस्मा स्वराजसित बुधबार बिहान भेटवार्ता गर्ने तय
भएको छ ।
उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित पनि
भेटघाट मिलाउने प्रयासमा छन् ।
भारतीय धर्मगुरु रवीशंकरलाई भेट्न सोमबार बैंगलोर
गएका परराष्ट्रमन्त्री थापा मंगलबार नयाँ दिल्ली
आएका छन् । मंगलबार कुनै महत्वपूर्ण भेटघाट नभएको
राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले
अनलाइनखबरसित बताए ।
श्रेष्ठका अनुसार भारतीय विदेशमन्त्री स्वराज र प्रमुख
सुरक्षा सल्लाहकार अजित दोभलसित बुधबार
भेटवार्ता गर्नेछन् । ‘मोदीसित पनि भेटवार्ताका
लागि प्रयास भइरहेको छ । सम्भावना प्रवल छ,’ उनले
भने ।
भारतीय प्रधानमन्त्री मोदी पेरिसमा आयोजित
जलवायु सम्मेलनमा सहभागी भएर मंगलबार भारत
फर्केका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved