Home » » कथाले मागेपछि सुष्मा कार्की यसरी भिजिन् पानीमा

कथाले मागेपछि सुष्मा कार्की यसरी भिजिन् पानीमा


मंसिरको चिसो मौसममा मानिसहरु बाक्ला कपडा लगाएर हिडिरहेका थिए । तर, नेपाली चलचित्रमा हट एन्ड सेक्सी
नायिकको रुपमा परिचय बनाएकी नायिका सुष्मा कार्कीको जाडो भने खै केले खायो ।
उनी भने चिसो मौसममा पानीमा भिज्दै रोमान्स गर्न व्यस्त देखिइन् । उनलाई मोडल केवल भुजेलले बोके र प्रेमराप देखाए ।
भक्तपुरस्थित पेप्सिकोलाको एक खोलामा यस्तै दृश्य देखिएको थियो । सुरज पौडेलको एक गीतको भिडियोमा
सुष्माको यस्तो रुप देखिएको हो । चलचित्र क्षेत्रबाट खासै सफलता पाउन नसकेपछि सुष्मा म्यूजिक भिडियो करिअरलाई
नै अगाडि बढाइरहेकी छिन् ।
‘गोलीले लागे झै नजरले हानिदेउ’ बोलको गीतमा सुष्मा कतै एक्सन गर्दै थिइन् त कतै पानी भिजेर रमाइलो । कथाले
मागेपछि आफूले जाडोमा पनि पानीमा भिजेको दृश्य दिएको सुष्माको भनाई थियो ।
भिडियोको निर्देशन शंकर अधिकारीले गरेका छन् । यो गीत गायक सुरज पौडेलको ‘मनको खुशी’ एल्बममा समावेश छ ।
गीतमा अर्जुन कार्कीको शब्द, टंक बुढाथोकीको एरेन्ज छ । रामेश्वर हुमागाँइले खिचेको भिडियोलाई प्रदिप ज्ञवालीले
कोरियोग्राफी गरेका छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved