Home » » नारायण बिजुक्छेले पाए भारतमा नेपालविरुद्ध सम्झौता हुँदै गरेको सूचना

नारायण बिजुक्छेले पाए भारतमा नेपालविरुद्ध सम्झौता हुँदै गरेको सूचना


भक्तपुर, २० मंसिर– नेपाल मजदुर किसान पार्टीका
अध्यक्ष नारायणमान बिजुक्छेले मधेस केन्दित दलका
नेताको भारत भ्रमण नेपाल र नेपालीको विरुद्धमा
रहेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आइतबार गरेको साक्षात्कारमा उनले
मधेसी नेताहरुको भारत भ्रमण नेपालको अहितमा हुने
बताए । केही समयमा अन्य नेतासमेत भारत पुग्ने र देशको
अहितमा सम्झौता हुने ठोकुवा उनको थियो ।
‘भारतीय विदेश मन्त्री सुष्मा स्वराजले नेपालको
बिषयलाई लिएर जसरी टिप्पणी गरेकी छिन् त्यो
उनको कुटनीतिक मर्यादा भन्दा बाहिर गएर आएको
अभिव्यक्ति हो’ बिजुक्छेले भने ‘कुटनीतिक ज्ञानको
अभावसँगै उनको अभिव्यक्ति सार्वभौम देशमाथिको
ठाडो हस्तक्षेप हो ।’
नेपालका लागि भारतीय राजदूत रन्जित राय
कुटनीतिक मर्यादा विपरीतका गतिविधिमा सक्रिय
रहेको भन्दै आफ्नो पार्टीले संसदमा राजदूतलाई कारबाहीका लागि उठाएको आवाज देश हितमा रहेको उल्लेख गरे ।
परराष्ट्रमन्त्री कमल थापाले निजी भ्रमणको नाममा भारत गएर गोप्य सम्झौता गरेको हुन सक्ने भन्दै थापाको भारतमा
राजनीतिक भेट नेपालका लागि समेत खतरा हुन सक्ने बताए ।
भारतले विभिन्न साधु सन्त र बाबाका नाममा भारतीय गुप्तचर विभागका कर्मचारी परिचालन गरी धर्मका नाममा
राजनीति गरिरहेको दाबी उनको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved