आइतबार, २० मंसिर
काठमाडौं । प्रमुख राजनीतिक
दलहरुसँगको वार्ता छाडेर भारतीय
नेताहरुसँग मधेसी मोर्चाका नेताहरु
भारत भ्रमणमा रहेका छन् ।
उनीहरुले भारतमा विभिन्न पार्टीका
शिर्ष नेतृत्वसँग नेपालमा देखिएको
समस्याका बारेमा ब्रिफिङ समेत
गरिरहेका छन् । भारत पुगेका संघीय
समाजवादी फोरम नेपालका अध्यक्ष
उपेन्द्र यादवले नेपालमा नाकाबन्दी
नभएको दावी गरेका छन् ।
तीन दलले ल्याएको साझा धारण
अस्वीकार गर्दै भारत पुगेका यादवले
भारतीय नेतासँगको भेटपछि पत्रकारसित कुरा गर्दै आफूहरुले नाकाबन्दी नगरेको दावी गरे । उनले भारतले नकाबन्दी नगरेर
आफूहरुले अवरोध गरेको भारतीय सञ्चार माध्यमसँग बताए ।
जनता दल युनाइटेडका अध्यक्ष शरद पवारसँग भेटेर फर्केपछि पत्रकारले नकाबन्दी बारे प्रश्न गर्दा उनले भारतले नेपालमा
नाकाबन्दी नगरेको दावी गर्न छाडेनन् । उनले आफूहरुले समेत नाकाबन्दी नभई सीमा नाकामा अवरोधमात्र गरेको उल्लेख
गरे ।
त्यस्तै अर्का नेता सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेषमा भइरहेको आन्दोलन मधेसी जनताको माग भएको
उल्लेख गरे ।
उनले नेपालका राजनीतिक दलहरुले समस्या समाधान गर्न नखोजेको र सस्तो लोकप्रियताको लागि समस्यालाई
नाकाबन्दीसँग जोडेको आरोप लगाए ।
Home »
Nepali News
» भारत पुगेका मधेसी नेतालले भारतीय मिडियामा भने –नेपालमा नाकाबन्दी छैन
(भिडियो सहित)
भारत पुगेका मधेसी नेतालले भारतीय मिडियामा भने –नेपालमा नाकाबन्दी छैन (भिडियो सहित)
Posted by Unknown
Posted on 6:06 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment