Home » » महिला आयोगद्धारा यौनव्यापारका लागि रेडलाईट एरिया तोक्न सरकारसँग माग

महिला आयोगद्धारा यौनव्यापारका लागि रेडलाईट एरिया तोक्न सरकारसँग माग

झापा, १५ मंसिर । राष्ट्रिय महिला आयोगका
सदस्य उर्मिला विश्वकर्माले ‘देहव्यापारलाई
कानुनी मान्यता दिदै सरकारले रेडलाईट एरिया
तोक्नुपर्ने’ बताउनु भएको छ ।
आयोगका सदस्य विश्वकर्माले आज मंगलबार झापा
भद्रपुरमा आयोजित महिला हिंशा न्यूनिकरणका
लागि सरोकारवालाहरुको भूमिका विषयक
अन्तरक्रिया कार्यक्रममा यस्तो धारणा राख्नु
भएको हो । उहाँले ‘विश्वका ठूला तथा सम्पन्न
राष्ट्रहरुमा पनि रेडलाइट एरिया छुट्याउने गरेको’
चर्चा गर्दै भन्नुभयो, ‘उनीहरुले गरेको व्यवसाय
सुरक्षित र कानुनी मान्यता पाएपछि राज्यले कर
समेत पाउने छ ।’ उहाँले जबसम्म महिला आर्थिक
स्वावलम्वन हुन सक्दैनन् तबसम्म महिला हिंशा
नरोकिने दावी गर्नुभयो ।
‘घर शान्ति नै विश्व शान्तिको आधार
पुनर्निर्माण, शिक्षा र समान अधिकार’ मूल
नाराका साथ लैङ्गिक हिसाविरुद्धको १६ दिने
अभियानको क्रममा आयोजित कार्यक्रममा
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद
पौडेलले घरभित्रका हिंसा बाहिर ल्याउन निक्कै
चुनौतिपूर्ण रहेको बताउनुभयो । सोही
समारोहमा झापाका प्रहरी प्रमुख ठाकुरप्रसाद
ज्ञवालीले झापा, मोरङ, सुनसरी, इलाममा आत्म
हत्याका घटनाहरु बढी रहेको बताउँदै ती घटनाको
सम्वन्धमा अनुसन्धान गर्ने होभने महिला हिंसा र
गरिवी अभावजस्ता कारण भेटिन सक्ने दावी
गर्नुभयो ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख
महिला अधिकृत ईन्दिरा ओझाले झापामा
लैङ्गिक हिंसाको स्थिति र हिंसा विरुद्ध
गरिएका गतिविधिका बारेमा जानकारी
गराउनु भएको थियो । उहाँले उपस्थित सबैले हिंसा
नगर्ने, गर्न नदिने र हिंसा गर्नेलाई कार्वाहीको
घेरामा ल्याउने प्रतिबद्धता जाहेर गर्ने होभने
लैङ्गिक हिंसा अन्त्य हुने बताउनुभयो ।
कार्यक्रममा विभिन्न सरोकारवाला
संघसंस्थाहरुले लैङ्गिक हिंसा न्यूनिकरणका लागि
राज्यको उपस्थिति बलियो हुनुपर्ने बताउनुभयो

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved