दिनहुँ अनारको जुस पिउने महिला पुरुषमा यौन क्षमता तथा यौनेच्छा बढ्ने पछिल्लो अध्ययनले देखाएको छ । अनारको
जुसले टेष्टेस्टेरोन हर्मोनको मात्रा बढाउने र त्यसले यौन क्षमता तथा यौनेच्छा दुबैमा वृद्धि गर्ने अध्ययनकर्ताहरुको
ठम्याइ छ ।
बेलायतको क्विन मार्गरेट विश्वविद्यालयका शोधकर्ताहरुले अनारको जुसले यौन क्षमता बढाउने तथ्य पुष्टि गरेका हुन् ।
२१ देखि ६४ वर्ष उमेर समूहका ५८ जना व्यक्तिमा उनीहरुले अध्ययन गरेका थिए । अध्ययनमा समावेश गराइएका ती
मानिसहरुलाई पन्ध्र दिनसम्म लगातार हरेक दिन १ गिलास अनारको जुस पिउन दिइयो । पन्ध्र दिनपछि उनीहरुमा
टेष्टेस्टेरोनको मात्रा १६ देखि ३० प्रतिशत सम्मले बढेको पाइयो ।
साथै अनारको नियमित सेवनले सकारात्मक संवेगको मात्रा बढेको र नकारात्मक संवेग घटेको समेत पुष्टि भयो ।अनारको
जुसले पुरुषमा दाह्री जुँगा आकर्षक बनाउने, बोली गहिरो र मधुर बनाउने तथा यौन चाहना बढाउने काम गर्यो भने
महिलामा पनि यौन चाहना बढाउने मात्र नभई मांशपेशी र हड्डी मजबुत बनाउने प्रमाणित भयो ।
अनारको जुसले तनाव कम गर्न तथा बढि डराउने समस्या पनि कम सहयोग गर्ने तथ्य पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन्
।यसअघिका अध्ययनले अनारमा एन्टीअक्सिडेन्ट तत्व पाइने र त्यसले मुटुजन्य रोगको खतरा कम गर्न तथा रक्तसंचारलाई
स्वस्थ बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएको थियो । अनारको जुसको नियमित सेवनले क्यान्सरका साथै बाथ, पेटको
रोग र आँखाको रोगको खतरा पनि कम गर्ने शोधकर्ताहरुको भनाइ छ ।
अनारको जुसले बढाउँछ सेक्स चाहना
Posted by Unknown
Posted on 4:06 PM
with No comments
Labels:
Health
0 comments:
Post a Comment