Home » » नयाँ शक्ति संयोजक बाबुराम भारत उडे

नयाँ शक्ति संयोजक बाबुराम भारत उडे


काठमाडौं : प्रमुख तीन दलले मधेसी मोर्चासँग
निर्णायक वार्ताका लागि तयारी गरिरहेका
बेला नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई
भारत गएका छन् ।
भट्टराई भारत गएको उनको सचिवालयले जनाएको छ।
सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी कांग्रेसले आजै बेलुका
मधेसी मोर्चासँग निर्णायक वार्ता गर्दैछन् । मधेस
आन्दोलनलाई नरमभाव देखाउँदै आएका बाबुरामको
भारत दौडाहलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नयाँ संविधान जारी भएपछि असन्तुष्टी जनाउँदै
बाबुराम एमाओवादी छोडेर नयाँ शक्ति निर्माणको
अभियानमा जुटेका थिए। भारतले पनि नयाँ
संविधानमा असन्तुष्टी जनाउँदै नाकाबन्दी लगाएको
थियो।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति निर्माण
अभियानका संयोजक डा. भट्टराईको सचिवालयले भने
विश्व बैंकको आयोजनामा हुन लागेको एक
कार्यक्रममा सहभागी हुनका लागि आज मुम्बईतर्फ
गएको जनाएको छ। उनी मंसिर २० गते काठमाडौं
फर्किने कार्यक्रम छ।
मंसिर १९ गते मुम्बईमा हुने नेपाल भारतबीचको आर्थिक
सम्बन्धको दिगो विकास विषयको छलफल
कार्यक्रममा सहभागी हुन भारत गएको र यो
कार्यक्रमबाहेक उनी त्यहाँ रहँदा अन्य कुनै पनि
कार्यक्रम नरहेको सचिवालयले जनाएको छ।
बाबुरामसँगै अन्य दलका युवा नेताहरु पनि उक्त
कार्यक्रममा सहभागी हुँदैछन्।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved