Home » » ‘क्यालिफोर्निया गोलीकाण्ड जस्ता घटनाले अमेरिकालाई तर्साउन सक्दैन’

‘क्यालिफोर्निया गोलीकाण्ड जस्ता घटनाले अमेरिकालाई तर्साउन सक्दैन’

काठमाडौं, मंसिर २० । अमेरिकी राष्ट्रपति बराक ओबामाले
क्यालिफोर्निया गोलीकाण्ड जस्ता घटनाले अमेरिकालाई
तर्साउन नसक्ने प्रतिक्रिया दिएका छन् ।
सप्ताहिक रेडियो सन्देशमा ओबामाले आफूहरु बलियो र निडर रहेको
भन्दै यस्ता घटनाले आतंकित गराउन नसक्ने बताए ।
आइएस र अरु आतंकवादी संगठनले आफ्नो
देश र विश्वका अरु देशका मानिसलाई हिंसात्मक घटनाका लागि
उक्साइरहेको आफूलाई राम्रै जानकारी रहेको भन्दै उनले सरकार र
विभिन्न संघ संस्थाको सामूहिक पहलमा यस्ता घृणा फैलाउने कार्य
रोक्न प्रयास गरिनुपर्ने पनि व्यक्त गरे ।
गत बुधवार क्यालिफोर्नियाको बर्नाडिनोमा २८ वर्षीय
रिजवान फारुक र उनकी पत्नी मिलेर गरेको आक्रमणमा १४ जना
मारिएका थिए । रिजवान अमेरिकी र उनकी पत्नी पाकिस्तानी
नागरिक रहेको बताइएको छ ।(एजेन्सी)

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved