कलेज पढ्ने विद्यार्थीहरु असुरक्षित यौन
क्रियाकलापमा संलग्न हुनुमा उनीहरुको अस्थीर
जिवनशैली मुख्य कारक तत्वको रुपमा रहेको
अमेरिकामा गरिएको एक अध्ययनले देखाएको छ ।
इलिनोइस विश्वविद्यालयका शेाधकर्ताका अनुसार
आफ्नो जिवनमा आइरहने लगातारका संक्रमणहरुका
कारण युवायुवतीहरुले प्रसस्त अस्थीरता अनुभुत गर्दछन् र
सोही कराण असुरक्षित यौन क्रियाकलापमा संलग्न
हुन पुग्छन् ।
२१ वर्षमुनिका ३९८ जना कलेज पढ्ने विद्यार्थीहरुमा
यो अध्ययन गरिएको थियो । शोधकर्ताहरुका
अनुसार दीर्घकालीन सम्बन्ध नहुने पार्टनरसँग पनि सेक्स
गर्ने, साथी तथा नयाँ मानिससँग पनि
योजनावीहिन, भद्रगोल तथा भैरपरी सेक्स गर्ने तथा
झट्कापूर्ण यौन व्यवहारलाई जोखिमपूर्ण सेक्सको
रुपमा औल्याएका छन् ।
जिवनमा जति अस्थीरता महसुस भयो विद्यार्थीहरु
उति नै बढि जोखिमपूर्ण यौन क्रियाकलापमा
सहभागी हुने गरेको शोधकर्ताहरुको ठम्याइ छ । यसको
मुख्य कारण उनीहरुको भौतिक तथा संवेगात्मक थकान
र विवेकशील रुपमा सोँच्ने क्षमतामा ह्रास हुनु हो ।
१८ देखि २५ वर्षका युवायुवतीहरुमा अभिभावकबाट
पाउने स्वतन्त्रतामा वृद्धि हुँदै गइरहेकेा छ । सोही
स्वतन्त्रताको उपयोगका क्रममा उनीहरुले धेरै खाले
प्रयोग गर्ने गर्छन र आफ्नो रोमान्टिक पहिचानको
खोजी गर्दछन् ।
किन कलेजका विद्यार्थीहरुले असुरक्षित सहवास गर्छन्
Posted by Unknown
Posted on 8:43 PM
with No comments
Labels:
Health
0 comments:
Post a Comment