Home » » मधेशराज्य माग्ने देशद्रोही हुन् : सिंचाई मन्त्री यादव

मधेशराज्य माग्ने देशद्रोही हुन् : सिंचाई मन्त्री यादव



काठमाडौं , मंसिर २७ । नेपाल सरकारका सिंचार्इँ मन्त्री
उमेशकुमार यादवले मधेशमा छुट्टै राज्य चाहिन्छ , भन्नेहरु नेपाली
नभएको बताएका छन् । उनले मधेशमा छुट्टै राज्यको माग गर्नेहरु
देशद्रोही भएको ठोकुवा गरेका छन् ।
उनले एमाओवादीले जातीय कुरा उठाएर खसब्राम्हणको वर्चश्व
तोडेको बताउदै,सबै प्रदेश जातीययताका आधारमा बनाउनु
पर्ने दावी गरेका छन् । राज्यका सबै निकयमा परानै शासकका
शैलीहरु रहेको र यसलाई तोड्न आफूहरु लागि परेको उनले बताएका छन्

अहिलेको परिस्थितिमा आफू आफ्नो गृहजिल्ला जानसक्ने अवस्था
नरहेको बताउदै मन्त्री यादवले मधेशलाई अधिकार दिन सरकारले कुनै
कसुर बाकी नराख्ने बताएका छन् ।
आइतबार ईमेज एफएमसंग कुरा गर्दै मन्त्री यादवले भूकम्प पीडितहरुलाई
समयमै सरकारले अर्थिक सहयोग गर्न नसकेकोमा आत्मालोचना गरेका
छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved