Home » » विवाह मण्डपमै बेहुलीले लिइन् बेहुलाको आइक्यू जाँच, बेहुलो फेल भएपछि बिहे रद्द

विवाह मण्डपमै बेहुलीले लिइन् बेहुलाको आइक्यू जाँच, बेहुलो फेल भएपछि बिहे रद्द


दुनियामा के के मात्र विचित्र घटना हुनसक्छन्
भन्या ? हुँदाहुँदा बिहेको मण्डपमै बेहुलाको आइक्यु
जाँच लिन थालिएको छ । त्यो पनि बेहुलीले नै । अनि
आइक्यु जाँचमा बेहुलो फेल भएपछि बिहे नै रद्ध भएको छ
र जन्तीहरु दुलही नलिइकनै फर्किनुपरेको छ ।
घटना छिमेकी देश भारतको उत्तरप्रदेशस्थित मैनपुरीको
हो । आइक्यु टेष्टमा हुनेवाला बेहुलो फेल भएको भन्दै
बेहुलीले विवाह मण्डपबाटै बिहे भंग भएको घोषणा
गरिन् ।
बेहुलीको नाम खुसबु सक्सेना र बेहुलाको नाम ओमविर
सिंह हो । ओमविरले स्नातक पास गरेको बताइएको
थियो । सोमबार बिहे समारोह चलिरहेको थियो ।
ओमविरले बिहेको जग्गेमा पण्डितले भन्न लगाएका
मन्त्रहरु पनि राम्ररी पढ्न नसकेपछि बेहुली खुसबुलाई
शंका लाग्यो ।
ओमविरले मन्त्र राम्रोसँग भन्न नजानेको भनेर खुसबुलाई
उनीहरुले साथीहरुले पनि सुनाएका थिए । त्यसपछि
खुसबुले हुनेवाला दुलाहाको गणितको आइक्यु परीक्षा
लिने निधो गरिन् । उनले विहे मण्डपमै परीक्षा सुरु
गरिन् ।
उनले ओमविरलाई मोबाइलमा आफ्नो नम्बर डायल गर्न
भनिन्, तर ओमविरले मोबाइल नम्बर पूरै सम्भिmनै सकेनन् ।
साथै उनले ६९ र ७९ बीच कतिको अन्तर हुन्छ ? भन्ने
प्रश्नको जवाफ पनि दिन सकेनन् ।
वास्तवमा खुसबुले आफ्नो हुनेवाल लोग्ने निकै लोद्दर
भएको भेउ पाएपछि ओमविरका बाउ तथा भाइसँग
एउटा सर्त राखिन् मण्डपमै । आफुले एउटा परीक्षा लिने
र त्यसमा पास भएमात्र ओमविरसँग बिहे गर्ने । उनले
ओमविरलाई केही सिक्का दिएर त्यसको संख्या जोड्न
पनि लगाइन् । त्यसमा पनि ओमविर पास हुन सकेनन् ।
ओमविरलाई एउटा टचस्क्रिन फोन दिएर त्यसलाई
प्रयोग गर्न लगाउँदा पनि ओमविरले सकेनन् । फोनको
एप्स देखेरै ओमविर अलमलमा परे । त्यसपछि खुसबुले दह्रो
मन गरेर ओमविर सँग बिहे नगर्ने फैसला गरिन् । ओमविर
तथा उनका बाउ लगायतले खुसबुलाई सम्झाउने धेरै
कोसिस गरे । तर उनले मानिनन् । अन्ततः दुलही
नलिइकनै बेहुलो सहित जन्तीहरु रित्तो हात
फर्किनुपर्यो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved